आठ उपसचिवको सरुवा,फेरिए दुई जिल्लाको सिडिओ

गृह मन्त्रालयले आठ जना उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले ४ जना उपसचिवहरुलाई पदस्थापन गरेको छ भने बाँकी चार जनाको सरुवा गरेको छ ।
यसरी सरुवा हुँदा दुई प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् । सरुवाको सूची अनुसार, गृहको उपसचिव जुनु हमाल ढकाललाई जिल्ला प्रशासन कार्यालय, डोल्पामा प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरिएको छ। यस्तै, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका मुकेश कुमार केशरीलाई जिल्ला प्रशासन कार्यालय, बझाङमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय, डोल्पाका प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालालाई जिल्ला प्रशासन कार्यालय, पाँचथरमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिँइदा जिल्ला प्रशासन कार्यालय, बझाङका प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठीलाई जिल्ला प्रशासन कार्यालय दैलेखको सहायकको जिम्मेवारी सम्हाल्न पुगेका छन् ।

बिज्ञापन

यस्तै गृहबाट नवराज बराललाई जिल्ला प्रशासन कार्यालय, बागलुङमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरिँदा भविश्वर घिमिरेलाई जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुमा र उपसचिव कृष्णप्रसाद गैरेलाई जिल्ला प्रशासन कार्यालय, धनुषामा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।

सरुवाको सूची अनुसार, जिल्ला प्रशासन कार्यालय, बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई गृह मन्त्रालयमा फिर्ता भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

निजामतीमा विकृती :स्वीकृत दरबन्दीभन्दा ४ हजार १६ बढी कर्मचारी पदपूर्ति

१२ दिनपछि प्रधानन्याधीश इजलाशमा,सपना बिदामा,कुमारको खोसियो बरिष्ठतम्

‘चयनमुखी’ सरुवाले कर्मचारीमा बैचनी,निमित्तको अन्त्य र सिंहदरबारका ‘रैथाने’ हटाउने अभियान ठप्प

बिशेष