थप तीन शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस भएका छन्।
बिज्ञापन
बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले कृषि सेवाका तीन जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
जस अनुसार, नेपाल कृषि सेवा, ला पो एण्ड डे डे समूहबाट श्याम सुन्दर यादव बढुवाका लागि सिफारिस भएका छन् ।
यस्तै, नेपाल कृषि सेवा, बाली विकास समूहबाट रविन धिताल र नेपाल कृषि सेवा, बाली संरक्षण समूहबाट उमाशंकर पौडेल राजपत्रांकित द्वितीय श्रेणीमा बढुवा सिफारिस भएका छन् ।
तिनै जना शाखा अधिकृतहरुलाई जेष्ठता र कार्यसम्पादन मूल्याकंनका आधारमा बढुवा सिफारिस गरिएको हो ।


























