भक्तपुर मालपोत कार्यालयमा बिचौलिया–सेटिङ र घुस असुलीको जालो, करोडौँको चलखेलको आरोप

भक्तपुर । भक्तपुर मालपोत कार्यालयमा अनियमितता, घुस असुली र बिचौलिया–सेटिङ व्यापक रूपमा बढिरहेको गम्भीर आरोप सार्वजनिक भएको छ। जेन्जी सरकार रहँदा समेत कार्यालयमा अपेक्षित सुधार हुन नसकेको र कार्यालय खुलेआम घुसको अखडाका रूपमा परिणत भएको सरोकारवालाहरूको दाबी छ।

बिज्ञापन

स्रोतका अनुसार कार्यालय प्रमुख माधव घिमिरे बिचौलिया प्रमोद खड्का को सेटिङमा भक्तपुर पुगेका हुन्। कार्यालय प्रमुख बन्न ४० लाख रुपैयाँ लगानी गरिएको आरोपसमेत लागेको छ। घिमिरेमाथि तीन महिना अघि मन्त्री डा. कुमार इङ्नाम कार्यालय अनुगमनका क्रममा प्रवेश गर्दा ५ हजार रुपैयाँ घुस बुझाउन बाध्य पारिएको मन्त्री आफैंले सार्वजनिक गरेका छन् ।

बिज्ञापन

कार्यालय प्रमुख घिमिरेलाई सामान्य प्रशासन मन्त्रालय ले अतिरिक्त समूहमा सरुवा गरे पनि उनले रमना नलिई प्रशासकीय अदालत मा मुद्दा दायर गरेका छन्। घिमिरे कार्यालय प्रमुख बनेपछि कर्मचारीहरूबाट रकम असुली गरी शाखा परिवर्तन गराइएको आरोप छ। विशेषगरी रजिस्ट्रेसन र मुद्दा शाखाजस्ता महत्वपूर्ण शाखामा ‘रेट’ तोकेर जिम्मेवारी बाँडिएको बताइन्छ।

घिमिरेले काजमा ल्याएका कर्मचारी उत्तम भट्टराई—तीन महिना नाघिसक्दा पनि कार्यालयमै प्रभाव जमाइरहेका छन्। उत्तम भट्टराईलाई रजिस्ट्रेसन “च” शाखाको जिम्मेवारी दिइएको छ। उत्तम भट्टराई लगनखेल मालपोत कार्यालयका तत्कालीन प्रमुख अशोक भट्टराई का भाइ भएको बताइन्छ। यो शाखा कार्यालयका अत्यन्त संवेदनशील र आर्थिक कारोबारसँग जोडिएका शाखा हुन्।

बिज्ञापन

जग्गा निरीक्षणको बहानामा जग्गाधनीसँग सिधै सम्पर्क गरी पैसा असुली गर्ने धन्दा संस्थागत बनेको आरोप छ। झौखेलका एक जना जग्गाधनीबाट ६ लाख रुपैयाँ उत्तम भट्टराई मिलेर लिएको दाबी गरिएको छ।

छुट जग्गा दर्ता प्रक्रियामा गोरखापत्र मा हकदावीसम्बन्धी ३५ दिने सूचना प्रकाशित भई अवधि सकिएपछि नापी कार्यालय को टोलीसहित स्थलगत सर्जमिन मुचुल्का तयार भइसकेको अवस्थामा पनि जग्गा दर्ता रोक्ने र रकम माग्ने गरिएको लेखापढी व्यवसायीहरूले बताएका छन्। कार्यालय प्रमुख घिमिरे र उनका निकट कर्मचारीहरूले “जग्गा हेर्नु छ” भन्ने बहानामा जग्गाधनीलाई कार्यालयमै बोलाएर ‘दर्ताको समय सकिन लाग्यो, ६ लाख दिए दर्ता हुन्छ, नत्र हुँदैन’ भन्दै धम्क्याएर रकम असुली गरिएको स्रोतको दाबी छ।

स्रोतका अनुसार यो घटना एउटा नमुना मात्र हो। यस्ता दर्जनौँ घटनाहरू भक्तपुर मालपोत कार्यालयमा दैनिकजसो भइरहेका छन्। सरोकारवालाहरूले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष