सार्वजनिक जग्गा हडपिएको आरोप: काभ्रे र सिन्धुलीमा भूमाफियाविरुद्ध उजुरीको तयारी

काभ्रेपलाञ्चोक र सिन्धुलीमा सार्वजनिक प्रकृतिका जग्गा निजीकरण गरी किनबेच गरिएको आरोपसहित स्थानीयवासी आक्रोशित बनेका छन्। काभ्रेमा उजुरी दर्ता भइसकेको छ भने सिन्धुलीमा पनि औपचारिक उजुरी दर्ताको तयारी अन्तिम चरणमा पुगेको स्थानीय स्रोतले जनाएको छ।

बिज्ञापन

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–४ अन्तर्गत पर्ने साविक मेथिनकोट गाविस–२ मा रहेको कि.नं. ३०४ को ११–११–२–० क्षेत्रफलको जग्गा परापूर्वकालदेखि गौचरणका रूपमा प्रयोग हुँदै आएको र २०२१ सालको नापीमा जंगल कायम भएको बताइन्छ। तर सोही सार्वजनिक जग्गा ‘छुट जग्गा’ को नाममा व्यक्तिको नाममा दर्ता गरी प्रति आना सातदेखि दश लाख रुपैयाँसम्ममा बिक्री गरिएको स्थानीयको आरोप छ।

बिज्ञापन

स्थानीयका अनुसार भूमाफियाको भूमिकामा ठण्डिराज उपाध्याय र केदारराज उपाध्याय रहेका छन्। उनीहरूले करोडौँ रुपैयाँ कुम्ल्याएको दाबी गरिएको छ। यस प्रकरणमा काभ्रेपलाञ्चोकका मालपोत र नापी कार्यालयका जिम्मेवार अधिकारीहरू तथा नमोबुद्ध नगरपालिका–४ का वडाध्यक्ष अर्जुन बहादुर कार्की को प्रत्यक्ष संलग्नता रहेको आरोपसमेत उजुरीमा उल्लेख गरिएको छ।

उक्त सार्वजनिक जग्गा कब्जा गरी किनबेच गरिएको भन्दै स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बन्धित निकायमा उजुरी दर्ता गरिसकेका छन्। उजुरीमा जग्गाको संरक्षण गर्न र संलग्न सबैलाई कानुन बमोजिम कडा कारबाही गर्न माग गरिएको छ।

बिज्ञापन

यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका–५ मा पनि सार्वजनिक जग्गा किनबेचको अर्को प्रकरण बाहिरिएको छ। करिब ४० वर्षअघि सामुदायिक विद्यालय निर्माण भइसकेको र पाँच वर्षअघि रंगशाला बनिसकेको सार्वजनिक प्रकृतिको जग्गा ९० लाख रुपैयाँमा किनबेच गरिएको पाइएको छ। बाँकी जग्गा थप महँगो मूल्यमा बिक्री गर्ने ‘सेटिङ’ भएको आशंका स्थानीयले गरेका छन्।

विद्यालय भवन र रंगशाला स्पष्ट रूपमा देखिँदै गर्दा पनि व्यक्तिले जालसाजी गरी पुर्जा कायम गरेको आरोप छ। यद्यपि हालसम्म उक्त जग्गामा निजी पक्षको वास्तविक भोगचलन देखिएको छैन। यस प्रकरणमा पनि भूमाफियाको संलग्नता रहेको भन्दै स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायमा उजुरी दर्ता गराउने तयारी गरिरहेका छन्।

दुवै जिल्लाका घटनाले सार्वजनिक सम्पत्ति संरक्षणप्रति राज्य संयन्त्रको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीयवासीहरू भने निष्पक्ष छानबिन र दोषीमाथि उदाहरणीय कारबाहीको अपेक्षामा छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार

नयाँ सरकारका लागि तयार भयो सुशासन मार्गचित्र : यस्ता छन् समितिका मुख्य सुझाव

यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ७२ कर्मचारी

समृद्धिको सारथि कि बाधक ? बालेन सरकार र कर्मचारीतन्त्रको ‘सर्जरी’

सबइन्जिनियरको करार अवधि थप्न खातामै एक लाख घुस

कर्मचारीमाथि दोष थोपर्ने कि प्रणाली सुधार गर्ने?

नगरपालिकामा घुस काण्ड : नगर प्रमुखसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अनुकुल न्यायधीश खोज्ने प्रयास : पूर्वमन्त्री गुप्ता,श्रेष्ठ र उपसचिव अधिकारीको भ्रष्टचार मुद्धा फेरि स्थगित

बिशेष