करार सेवाका कर्मचारीलाई बोक्ने स्थायीलाई छेक्ने,सचिवज्यू, यही हो त सुशासन ?

सरकारी निकायहरुले करार सेवाका कर्मचारीलाई बोक्दा लोकसेवा भिडेर,नाम निकालेका, स्थायी भएका कर्मचारीहरु दोहोरो मारमा परेका छन् ।

बिज्ञापन

विकृती कस्तो छ भने,टुप्पी कसेर पढी लोकसेवाबाट नाम निकालेका स्थायी कर्मचारी ‘जोकरफाल्तु’ हुने,जिम्मेवारी नपाउने अनि हाकिमका साली,गलफ्रेन्ड,नातेदार भएको आधारमा करारमा भर्ती भएकाहरुकै उल्टो हैकम चल्ने । करारका कर्मचारीहरुसँग त्रसित भएर डराएर हिड्नुपर्ने,अन्यन्त्र होइन मुलुककै प्रमुख प्रशासकीय केन्द्रभित्र चलेको विकृती हो यो ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन,उद्योग मन्त्रालय,गृह,श्रम,कृषि,शिक्षा,सहरीदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललिलपुरमा यस्तो विकृती देखिएको छ ।

जस्तो कि स्थायीमा नाम निकालेका कर्मचारीहरुमध्ये केहीले करारका कर्मचारीका रजगज चल्दा हाजिरै गर्न नपाएको भन्दै प्रधानमन्त्री समक्ष निवेदन बेसाउनु परेको छ । लोक सेवा पास गरेर आएका कम्प्युटर अपरेटरहरूले सास्ती भोग्नुपरेको छ । नियमअनुसार सरुवा भएर गएका ती कर्मचारीलाई मन्त्रालयहरूले हाजिर गराउन नमानेपछि उनीहरूले प्रधानमन्त्रीलाई नै गुहार्नु परेको थियो । सामान्य प्रशासन र उद्योग मन्त्रालयका करारका कर्मचारीका रजगज चल्दा कतिपय स्थायी सेवाका कम्प्युटर अपरेटरहरू यता न उताको स्थितिमा मात्र भएका छैनन् कि पाँच महिनादेखि तलबविहिन अवस्थामा काम गरिरहेका छन् ।

बिज्ञापन

गृहमा अहिले १० जना कम्युटर अपरेटर करार सेवामा कार्यरत छन् । तीनै मध्येका एक महिला त्यहाँ शाखाकै हर्ताकर्ता छिन् । यस्तै,शिक्षामा ८,श्रम मन्त्रालयमा ६,शहरीमा ५,सामान्य प्रशासनमा ५,उद्योगमा ३,निर्वाचन करार सेवाका कम्युटर अपरेटर कार्यरत रहेका छन् । यस्का अलवा हालैमात्र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा तरक्की गरेको भन्दै विज्ञापन गर्दै आएका ईश्वरराज पौडेलले नेतृत्व गरिरहेको सो कार्यालयमा मात्र सात जना करार सेवाका कर्मचारी कार्यरत रहेका छन् । सुशासन र सेवाग्राही मैत्री कार्यको अभियान थालेको सो कार्यालयमा कम्युटर अपरेटरको दरबन्दी ७ जना रहेकोमा सातै जना करार सेवाका कर्मचारी कार्यरत रहेका छन् । सुशासनको नारा दिने प्रमुख जिल्ला अधिकारीले करारलाई पोस्दै लोकसेवा माग गरेका छैनन।

सरकारले सार्वजनिक खर्च कटौतीमा कठोर हुने भनिरहेपनि करारका कर्मचारीलाई पालेर स्थायी कर्मचारीप्रति ‘सौतेलो’ व्यवहार मात्र गरेको छैन उल्टै करारका कर्मचारीहरुसँग त्राहीमाम भएर हिड्नुपर्ने स्थितिमा छन्,लोकसेवा भिडेर नाम निकालेका नायब सुव्वाहरु ।विगतमा त यस प्रकारका वग्रेल्ती विकृतीहरु थिए,निजामती प्रशासनमा तर जेनजीको सरकार आए पछि समेत यस्तो विकृती २० को १९ हुन सकेको छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आजै मन्त्रीको नाम टुंग्याउने रास्वपाको तयारी,को को छन् चर्चामा ?

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

सचिव पन्थको सरुवा

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

बिशेष