तीन दिनमै तेह्र सयको मोतियाबिन्दुको शल्यक्रिया

तिलगंगा आँखा अस्पताल काठमाण्डौले एकै स्थानमा १३ सय जनाको आँखाको सर्जरी सम्पन्न गरेको छ । अस्पतालले सिङ्गापुरको अपरेसन रेगोइस परोपकारी संस्थाको आर्थिक सहयोगमा बृहत आँखा सर्जरी सम्पन्न गरेको हो ।

बिज्ञापन

डा.रिता गुरुङ्ग नेतृत्वको टोलीले बाराको निजगढमा पुष १४ गते देखि १७ गते सम्म सञ्चालन भएको शिविरमा १ हजार २ सय ९१ जनाको मोतियाबिन्दूको सर्जरी सम्पन्न भएको हो । तिलगंगा आँखा अस्पतालमा तीन दिनको अवधिमा १ हजार ५५ जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरेको हो । एकै ठाँउमा यति धेरैको सर्जरी भएको सम्भवत बिश्वमा पनि बिरलै रेकर्ड भएको अस्पतालले जनाएको छ ।

बिज्ञापन

नेपाल र यस क्षेत्रमा अन्धोपनाको रोकथाम र नियन्त्रणलाई सहयोग गर्न जुलाई १९९२ मा नेपाल आँखा कार्यक्रम आधिकारिक रुपमा सुरु गरिएको थियो । तिलगङ्गा आँखा केन्द्रको रुपमा चिनिने तिलगङ्गा आँखा संस्थान नेपाल आँखा कार्यक्रमको कार्यान्वयन निकाय हो । जुन एक गैर नाफामुखी, समुदायमा आधारित संस्था हो ।

२०८१ कात्तिकमा स्थापना गरिएको निजगढ तिलगंगा आँखा अस्पतालले हाल नियमित आँखा परीक्षण, शल्यक्रिया सेवा, चश्मा तथा औषधि वितरणका साथै सामुदायिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। एकै पटक १ हजार ५ सय जनाको मोतियाबिन्दु शल्यक्रिया गर्ने लक्ष्यसहित शिविर सञ्चालन गरिएको यो निजगढ तिलगंगा आँखा अस्पतालको पहिलो अभियान हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष