सात महिनापछि भ्रष्टाचार मुद्धामा कान्छा सह-सचिवलाई सफाइ

कान्छा सहसचिवका रुपमा रेकर्ड बनाएका प्रदीप परियारले भ्रष्टाचार मुद्धामा सात महिना पछि सफाइ पाएका छन् । गत जेठमा भ्रष्टाचार मुद्धा लागेर निलम्बित भएका प्रदीप् परियारसहितका तत्कालीन महानगरका निर्देशकहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इञ्जिनियर जर्नादन गिरीलगायतले आज सफाइ पाएका हुन ।

बिज्ञापन

परियार काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा रहँदा ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा गत जेठमा विशेषमा अख्तियारले मुद्धा दायर गरेको थियो ।

बिज्ञापन

अख्तियारमा विशेषमा मुद्धा लैजादा परियार सूचना तथा प्रसारण विभागको महानिर्देशकको भूमिकामा थिए । केही महिनामात्र काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चलाएका परियारलाई सामाखुशी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसममको ढल निर्माण कार्यको ठेक्कामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहितको मिलेमतोमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले प्रतिवादी बनाएको थियो ।

आयोगका अनुसार सबैभन्दा कम अङ्क १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ कबोल गर्ने निर्णय व्यवसायी समानान्तर सेवा प्रालिलाई अयोग्य ठहर गरी कल्पवृक्ष–कोहिनुर जेभीलाई २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँमा ठेक्का दिइएको थियो ।

बिज्ञापन

उनीहरु उपर चार करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना मागदाबी लिइएकोमा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले परियारसहित सबैलाई सफाइ दिएको हो ।

पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँका ३२ बर्षकै उमेर निजामती सेवामा नयाँ रेकर्ड कायम गरेका थिए । ०४६ साल वैशाख महिनामा फलेवासको एक सामान्य परिवारमा जन्मिएका परियारले ३२ वर्षकै उमेरमा निजामती सेवामा खुल्ला प्रतिस्पर्धाबाट सह सचिव पदमा नाम निकाल्न सफल कर्मचारी हुन ।

कान्छा सहसचिव र हक्की सचिवको सरुवाको अन्तर्य

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आजै मन्त्रीको नाम टुंग्याउने रास्वपाको तयारी,को को छन् चर्चामा ?

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

सचिव पन्थको सरुवा

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

बिशेष