संघीय मन्त्रालयमा कार्यरत ८ अधिकृतलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरुलाई नै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाउने कामलाई जारी राखेको छ ।

बिज्ञापन

निर्वाचन आचारसंहिता जारी हुनु अगाडि मन्त्रालयले ३० अधिकृतहरुको सरुवा गर्दा १६ जनाले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित गाउँपालिकामा तथा नगरपालिकामा पुगेका छन् । यसरी स्थानीय तहमा खटाइँदा ९ जना शाखा अधिकृतहरुलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जसमध्ये संघीय मन्त्रालयमा कार्यरत रहेका ८ शाखा अधिकृतहरु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।

बिज्ञापन

यसरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका शाखा अधिकृतहरुमा स्वास्थ्य मन्त्रालयाट गौरी प्रसाद आचार्यलाई मुसीकोट नगरपालिका,भूमिबाट अर्जुनकुमार मण्डललाई धनुषाधाम नगरपालिका,सञ्चारबाट विष्णुप्रसाद शर्मालाई आठबीसकोट नगरपालिका,उद्योगबाट हरिबहादुर खत्रीलाई त्रिपुरासुन्दरी नगरपालिका,सहरीबाट बिर सिंह भण्डारीलाई पञ्चेश्वर गाउँपालिकामा पठाइएको छ । यस्तै,गृहबाट हेमबहादुर कार्कीलाई गौडैता नगरपालिका,टिकाराम पौडेललाई भूमिबाट स्वर्गद्धारी नगरपालिका,योगेशकुमार यादवलाई भूमिबाट मिर्चैया नगरपालिका,स्वास्थ्यबाट प्रशान्त बर्मालाई क्षिरेश्वर नगरपालिका,गृहबाट भोजबहादुर एडीलाई बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ ।

उसो त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनाल र पहिलो महिला सचिव चन्द्रकला पौडेलले नेतृत्व गरिरहँदा पछिल्ला दुई सातामै उपसचिवहरुले नेतृत्व गर्दै आएको ८ वटा नगरपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको थियो ।

बिज्ञापन

मन्त्रालयमा नयाँ सचिवको रुपमा चन्द्रकला पौडेलको इन्ट्री भएसँगै दरबन्दी विपरित शाखा अधिकृतलाई नै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाउन थालिएको हो । मन्त्रालयले गर्ने हरेक सरुवाको सूचीमा दुई चार जना शाखा अधिकृतहरुलाई यस अघि उपसचिवले नेतृत्व गर्दै आएको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाउन थालेको हो । नगरपालिकाहरुमा दरबन्दी अनुसार,उपसचिवहरुलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाउँदै आएकोमा ती स्थानमा कर्मचारी जान नमानेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकामा समेत शाखा अधिकृतलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको हो । यस अघि यस्ता पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर शाखा अधिकृतलाई खटाइँदै आएकोमा अब शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित खटाइन लागेको हो ।

शाखा अधिकृतको अण्डरमा कसरी बस्लान सातौं- आठौं तहका कर्मचारी ?

जस्तो यस अघि संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा रहेका जय चन्द शाहलाई सुखीपुर नगरपालिका,सिरहाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ भने गृहबाट सुजितकुमार यादवलाई कल्याणपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित खटाइएको थियो ।
यस्तै सुशिल कुमार साहलाई यमुनामाई गाउँपालिकाबाट बलरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको थियो भने भूमि मन्त्रालयका शाखा अधिकृतको जिम्मेवारीमा रहेका संजीव साहलाई हरिपुर नगरपालिका,सर्लाहीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको थियो । यस्तै,भूमि मन्त्रालयकै शाखा अधिकृत सुनिल पौडेल पाख्रिवास नगरपालिकाको प्रमुख अधिकृतको जिम्मेवारी पाउँदा दिपेश कुमार झालाई शम्भुनाथ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् । यस्तै शाखा अधिकृत विकास सुन्दासलाई सुरुङ्गा नगरपालिका,रामनगर गाउँपालिकाबाट उमेश महत्तोलाई बलरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाएको छ मन्त्रालयले । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत १७ मंसिर यता तीन पटक सरुवा गर्दा ८ जना शाखा अधिकृतहरुलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको भेटिन्छ ।

मन्त्रालयले स्थानीय तहहरुमध्ये नगरपालिका र उपमहानगरपालिकामा सहसचिव,नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाउँदै आएको थियो । यसरी खटाइएकामध्ये अधिकांश पालिकामा खटाइएका कर्मचारीहरु जान नमाने पछि अब शाखा अधिकृतलाई नै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाउन लागिएको हो ।

यस अघि दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाको कर्मचारीमध्ये बरिष्ठ कर्मचारीलाई आर्थिक र प्रशासनिक अधिकारसहितको निमित्तको जिम्मेवारी दिइदैं आएकोमा अब निमित्त को राज हटाउन भन्दै मन्त्रालयले नयाँ तरिका अपनाएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका अनुसार नगरपालिकामा उपसचिवको दरबन्दी रहे पनि हाललाई १० वर्ष अनुभव भएका शाखा अधिकृतलाई नगरपालिका खटाइएको जनाएको छ । यद्यपि यसरी खटन पटन गरेकामध्ये कतिपय शाखा अधिकृत बनेको दुई बर्ष नपुग्दै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न पुगेका उदाहरण भेटिएका छन् ।

अब शाखा अधिकृतलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

परीक्षामा उत्तीर्ण २० उम्मेदवार जिल्ला न्यायाधीशमा सिफारिस

कर्मचारीको सेवा सुविधामा एकरुपता ल्याउने जिम्मा अब अर्थ मन्त्रालयको काँधमा

राष्ट्रियसभामा काँग्रेसलाई ‘लोटरी’,आज हुँदैछ मनोनयन

कानुन मिचेर २९ करोड रकमान्तर

सीडीओहरूलाई गृह मन्त्रालयको १० बुँदे सर्कुलर

५६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

एकै पटक ५६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

सात महिनापछि भ्रष्टाचार मुद्धामा कान्छा सह-सचिवलाई सफाइ

बिशेष