१६५ जना निर्वाचन अधिकृत नियुक्ति {नामावलीसहित}

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ ।

बिज्ञापन

निर्वाचन आयोगले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन , २०८२ अनुसार नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीलाई अधिकृतमा खटाएको आयोगले जनाएको छ ।

बिज्ञापन

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ८ बमोजिम न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायधीशलाई मुख्य निर्वाचन अधिकृत र ८८ जना उपसचिवस्तरका न्याय सेवाका कर्मचारीहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको जनाएको छ ।
आयोगका अनुसार,यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले यही पुस २५ देखि लागू हुने गरी जिम्मेवारी सम्हाल्नेछन् ।

आयोगले जिल्ला न्यायधीशहरुलाई मुख्य निर्वाचन अधिकृत,अदालतका इजलाश अधिकृत,उपरजिष्ट्रार,श्रेष्तेदार,उपसचिव,उपन्यायधीवक्ताहरुलाई निर्वाचन अधिकृत तोकेको छ ।

बिज्ञापन

यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले माघ २ मा आफू खटिएको निर्वाचन क्षेत्रभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी कार्यक्रम सञ्चालन गर्न आयोगले भनेको छ ।

निअ नियुक्ति_अनुसूची २

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सीडीओहरूलाई गृह मन्त्रालयको १० बुँदे सर्कुलर

५६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

एकै पटक ५६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

सात महिनापछि भ्रष्टाचार मुद्धामा कान्छा सह-सचिवलाई सफाइ

प्रधानमन्त्रीद्वारा तीन मन्त्रीलाई राजीनामा दिन आग्रह

गृहले खटायो नुवाकोट र बाग्लुङमा नयाँ सिडियो

उदयपुरको महिला सामुदायिक वनमा पाँच लाखभन्दा बढी रकम हिनामिनाको अभियोग

मालपोतका कर्मचारी सरुवामा विचौलियाको काम गर्ने विभागकै अधिकृत भएको खुलासा

बिशेष