सात सचिवको सरुवा,गृहमा आए राजकुमार श्रेष्ठ

सरकारले सात सचिवहरुको सरुवा गरेको छ । गत ११ पुसमा  बसेको मन्त्रिपरिषद्को बैठकले गृहसचिव सात सचिवहरुको सरुवा गरेको हो ।
जस अनुसार,गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा पठाइएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई गृह मन्त्रालयमा खटाइएको छ । सिडियोहरु सरुवा गर्दा एमाले र भक्तपुरका सहसचिवहरुलाई छानी छानी महत्वपूर्ण जिल्लामा खटाएका कारण आलोचित हुँदै आएका दंगाललाई लोकसेवा आयोगमा पठाइएको हो । विद्यालय निरीक्षकबाट उपसचिव र सहसचिव हुँदै सचिव हुने राजकुमार श्रेष्ठ कर्णाली प्रदेशको प्रमुख सचिव, लोक सेवा आयोगको सचिव हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा पुगेका छन् । उनी ०७८ भदौमा सचिवमा बढुवा भएका थिए ।

बिज्ञापन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा खटाएर त्यहाँ राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेलाई ल्याइएको छ । लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ।

बिज्ञापन

युवा तथा खेलकुद सचिव डा हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने, उनको ठाउँमा उपराष्ट्रपति कार्यालयका लोकनाथ पौडेललाई ल्याइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नयाँ सार्वजनिक शासन : सहभागितामूलक र उत्तरदायी शासनको आधार

चुनावको मुखैमा किन फेरिए गृह सचिव ?

सात सचिवको सरुवा,गृहमा आए राजकुमार श्रेष्ठ

पूर्वमन्त्रीको कन्स्ट्रक्सन नै डेढ बर्षका लागि कालोसूचीमा

महानिर्देशक हटाउँदै मन्त्रालय,सव इन्जिनियर निलम्बन गर्दै विभाग

विमानस्थलमा अझै धेरै छन् ‘बेथिति’को जालो

अख्तियारले मुद्दा हालेको व्यक्ति नै ‘पोस्टिङ–रेट’को नाइके ! भ्रष्टाचार मुद्दा जितेपछि झन् उग्र

सामान्य प्रशासनमा सेटिङ साम्राज्य : घिमिरे–कार्की जोडीले चलाएको सरुवा बजार

बिशेष