सात सचिवको सरुवा,गृहमा आए राजकुमार श्रेष्ठ

सरकारले सात सचिवहरुको सरुवा गरेको छ । गत ११ पुसमा  बसेको मन्त्रिपरिषद्को बैठकले गृहसचिव सात सचिवहरुको सरुवा गरेको हो ।
जस अनुसार,गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा पठाइएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई गृह मन्त्रालयमा खटाइएको छ । सिडियोहरु सरुवा गर्दा एमाले र भक्तपुरका सहसचिवहरुलाई छानी छानी महत्वपूर्ण जिल्लामा खटाएका कारण आलोचित हुँदै आएका दंगाललाई लोकसेवा आयोगमा पठाइएको हो । विद्यालय निरीक्षकबाट उपसचिव र सहसचिव हुँदै सचिव हुने राजकुमार श्रेष्ठ कर्णाली प्रदेशको प्रमुख सचिव, लोक सेवा आयोगको सचिव हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा पुगेका छन् । उनी ०७८ भदौमा सचिवमा बढुवा भएका थिए ।

बिज्ञापन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा खटाएर त्यहाँ राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेलाई ल्याइएको छ । लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ।

बिज्ञापन

युवा तथा खेलकुद सचिव डा हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने, उनको ठाउँमा उपराष्ट्रपति कार्यालयका लोकनाथ पौडेललाई ल्याइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष