विदेशीको गतिविधि अनलाइनबाटै निगरानी गर्दै अध्यागमन विभाग

अध्यागमन विभागले नेपाल भ्रमणमा आउने विदेशी नागरिकको सुरक्षा र गतिविधि व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने भएको छ । विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ विकास गरी आगामी २०८२ पुस १७ (सन् २०२६ जनवरी १) देखि अनिवार्य रूपमा कार्यान्वयनमा ल्याएर विदेशी नागरिकहरुको गतिविधि अनलाइनबाटै निगरानी गर्न लागेको हो ।

बिज्ञापन

विभागका अनुसार पहिलो चरणमा १ जनवरीदेखि यो प्रणाली काठमाडौँ उपत्यका भित्रका तारे होटेलहरूमा लागु हुनेछन् । १७ फागुन (१ मार्च) देखि भने नेपालका सबै तारे होटेल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी, मनी एक्स्चेन्जरहरूमा यो प्रणाली विस्तार गरिने छन् । त्यसपछि क्रमशः सबै प्रकारका होटेल, गेस्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा पनि यो प्रणाली लागु गर्दै लैजाने सरकारी योजना छ । यो प्रणाली लागू भएपछि नेपाल आउने हरेक विदेशीको सुरक्षा, सूचना सहजीकरण र सम्भावित अपराध नियन्त्रणमा नयाँ युगको सुरुवात हुने विश्वास विभागले लिएको छ ।

बिज्ञापन

यो प्रणाली कार्यान्वयनमा आएपछि नेपाल भ्रमणमा आउने विदेशी नागरिकहरू कुन कुन स्थानमा बसे र कहाँ कहाँ पुगे भन्ने विषयको व्यवस्थित अभिलेख अध्यागमन विभागसँग रहने जनाइएको छ । यो अभिलेखले विदेशी नागरिकको आगमन र गतिविधिलाई व्यवस्थित गर्नुका साथै आपत्कालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने बताइएको छ ।

नयाँ व्यवस्था अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका सबै तारे होटलले विदेशी पर्यटकको विवरण यस प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्नेछ । विभागले जारी गरेको कार्ययोजना अनुसार दोस्रो चरणमा २०८२ फागुन १७ देखि देशभरका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स र मनी एक्सचेञ्जरमा विस्तार गरिनेछ । सबै प्रकारका होटल, गेष्ट हाउस र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सार्वजनिक तथा निजी क्षेत्रका हरेक निकायलाई यो प्रणालीको दायरामा ल्याउने सरकारको तयारी छ ।

बिज्ञापन

यो डिजिटल प्रणालीले नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्‍याउनुका साथै विदेशी नागरिकको सूचना व्यवस्थापनमा देखिएका विद्यमान चुनौतीलाई समाधान गर्ने अपेक्षा गरिएको छ । प्रणालीमा दर्ता हुने प्रक्रिया र प्रयोगकर्ता निर्देशिका अध्यागमन विभागको वेबसाइटमा उपलब्ध गराइएको छ भने प्राविधिक सहयोगका लागि विभागले छुट्टै डेस्कसमेत स्थापना गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

बिशेष