करार सेवाबाट पाँचौँ तहसम्म उक्लिँदा उठ्यो प्रश्न, अख्तियारको छानबिनमा

पर्साको विन्दवासिनी गाउँपालिकामा करार सेवामा कार्यरत एक कर्मचारीको छोटो अवधिमै तहवृद्धि भएपछि स्थानीय प्रशासनिक अभ्यासमाथि गम्भीर प्रश्न उठेको छ। सामाजिक परिचालक कार्यक्रमअन्तर्गत नियुक्त रमेन्द्रनाथ तिवारी तीन वर्ष नपुग्दै पाँचौँ तहसम्म पुगेपछि सो प्रक्रिया कानुनसम्मत हो वा होइन भन्ने विषयमा उजुरी परेको हो।

बिज्ञापन

उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग को हेटौँडा कार्यालयले गाउँपालिकासँग सम्बन्धित निर्णय, नियुक्ति र बढुवासम्बन्धी कागजात माग गरेको छ। अख्तियारले पठाएको पत्रमा एउटै समयमा नियुक्त भएका अन्य सामाजिक परिचालकहरू यथावत् पदमै कार्यरत रहँदा तिवारी मात्रै तहवृद्धि हुनुको आधार स्पष्ट पार्न भनिएको छ।

बिज्ञापन

कर्मचारी स्रोतका अनुसार तिवारीको बढुवा कुन ऐन–नियमअन्तर्गत गरिएको हो भन्ने प्रश्न नै मुख्य विषय बनेको छ। सामाजिक परिचालक पद स्वभावतः करार सेवाभित्र पर्ने हुँदा नियमित सेवाझैँ तहवृद्धि सम्भव हुन्छ कि हुँदैन भन्ने विषयमा समेत छानबिन केन्द्रित हुने देखिन्छ।

यसबिच गाउँपालिका अध्यक्षसँग पारिवारिक नाता जोडिँदै आएको आरोपले विवादलाई थप चर्काएको छ। यद्यपि पालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्मद प्रवेश आलमले अख्तियारलाई रायसहितका कागजात पठाइसकिएकाले सार्वजनिक रूपमा थप टिप्पणी गर्न नमिल्ने बताएका छन्।

बिज्ञापन

अख्तियारको प्रारम्भिक चासोसँगै स्थानीय तहमा करार कर्मचारी व्यवस्थापन, बढुवा प्रक्रिया र निर्णय प्रणालीको पारदर्शितामाथि व्यापक बहस सुरु भएको छ। छानबिनको निष्कर्षले यस प्रकरण मात्र होइन, अन्य स्थानीय तहका यस्तै अभ्यासमा पनि नजिर बसाल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४.४ प्रतिशत कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, ३ हजार २३० जनालाई १० हजार जरिवाना तयारी

स्थानीय प्रशासनका ‘रैथाने’भारतीको भरतपुरमा रिइन्ट्री

करार सेवाबाट पाँचौँ तहसम्म उक्लिँदा उठ्यो प्रश्न, अख्तियारको छानबिनमा

चौकीदारमाथि कारवाही र सरुवाको माग राख्दा झडप,छानबिन गर्न बन्यो समिति

सुशीला सरकारको ‘सुशासन’ : दुई महिना नपुग्दै आधा दर्जन सहसचिव भकुण्डो

काँग्रेसी कलह : निजामती कर्मचारी युनियनपछि स्वास्थ्यकर्मी संघमा लफडा

बजेट निर्माण प्रक्रिया सुरु : समपूरक- विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

विवादित सहसचिव आचार्यको महानिर्देशक बन्ने चलखेल, वैदेशिक रोजगार फेरि ‘सेटिङ’ को प्रयोगशाला बन्दै

बिशेष