कारागार प्रमुख,इञ्जिनियर,नासु र सहलेखापालविरुद्ध भ्रष्टाचार मुद्धा दायर

जेलको भान्साघर ब्लक निर्माण गर्दा लाखौं रकम भ्रष्टाचार गरेको आरोपमा पाँच जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ ।

बिज्ञापन

आयोगले पर्वत कारागारका तत्कालीन प्रमुख शिला श्रेष्ठ तथा भान्साघर निर्माणका लागि बोलपत्र मुल्यांकन समितिका सदस्यहरू विकास अधिकारी, हरिकृष्ण शर्मा र सुभाष घर्ती तथा निर्माणको ठेक्का पाएको मोदीकाली कन्स्ट्रक्सनका प्रोपाइटर प्रदीप तिमिल्सनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ लाख ५५ हजार ७ सय ३५ रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

मुद्दा दर्ता गरिएकामध्ये बोलपत्र मूल्याङ्कन समितिका सदस्यहरु सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङका इन्जिनियर विकाश अधिकारी, कारागारका नासु हरिकृष्ण शर्मा, सहलेखापाल सुभास घर्ती र मोदीकाली कन्स्ट्रक्सन मोदी–६, का प्रोपाइटर प्रदिप तिमिल्सिना छन् ।

आर्थिक वर्ष २०७८/०७९ मा कारागारको भान्साघर ब्लक निर्माण प्रक्रिया अघि बढाइएको थियो । त्यसका लागि ६३ लाख ७२ हजार ३९४ रुपैयाँ लागत लाग्ने अनुमान गरी ठेक्का आह्वान गरिएकोमा सौर्य किरण कन्स्ट्रक्सनले ४२ लाख १६ हजार ६५८ रुपैयाँमा काम गर्नेगरी बोलपत्र पेश गरेको थियो ।

बिज्ञापन

तर, उनीहरुको मिलेमतोमा सौर्यसहित अन्य कम्पनीलाई पन्छाई सबैभन्दा बढी अर्थात् ६२ लाख ७१ हजार १६१ रुपैयाँ कबोल गर्ने मोदीकाली कन्स्ट्रक्सनलाई ठेक्का दिइएको अख्तियारको ठहर छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम २१ लाख ५५ हजार ७३५ रुपैयाँ बिगो कायम गरी प्रतिवादीहरुलाई कैद र जरिवाना सजाय हुन माग गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष