शाखा अधिकृत,लेखापाल,सब इञ्जिनियरसहित ६ विरुद्ध १४ करोडको भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत,सब इञ्जिनियर,लेखापालसहित ६ जनाविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
अख्तियारले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित, सबइञ्जिनियर गणेशराज उपाध्याय, लेखापाल हर्कदेव जोशी, उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्रबहादुर बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारी लगायतलाई मुख्य प्रतिवादी बनाएर १४ करोडको भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

बिज्ञापन

द्ध बझाङको बित्थडचिर गाउँपालिका वडा नं। १ स्थित तल्लो बित्थड खेल मैदान निर्माणमा ठेकेदारले पूर्व गाउँपालिका अध्यक्षसँग मिली खेल मैदान निर्माण गर्दा कमसल निर्माण सामाग्री प्रयोग गरेको, प्राविधिक रुपमा उक्त ठाउँको डिपिआर नगरी निर्माण गरेको, काम सम्पन्न नगरी रकम हिनामिना गरेको आरोपसहित अख्तियार विशेषमा पुगेको हो ।

बिज्ञापन

खेल मैदान निर्माण तथा सुधारका लागि आर्थिक वर्ष २०७६/ ७७ मा सङ्घीय युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख र सङ्घीय सांसद विकास कोषबाट विनियोजन भएको १५ लाख बजेट विनियोजन भइ सो कार्य सम्पन्न गर्नको लागि आर्थिक वर्ष २०७५/ ७६ मा गठन भएको बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिलाई निरन्तरता दिइ सोही उपभोक्ता समितिसँग सम्झौता भएकोमा तर, उनीहरूले आपसी मिलेमतोमा कमसल सामग्री प्रयोग गरेर साढे १४ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम १४ लाख ६६ हजार ५०३ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना सजाय मागदावी गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष