लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयका प्राध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले धनुषाको विदेह नगरपालिकाको शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुर र लेखापाल अरुणकुमार कुशियैतकी पत्नी मतिकुमारी सरितादेवी कुशियैतलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ  सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध ​८ लाख ६२ हजार १५२ रुपैयाँ ६५ पैसा बिगो कायम गरेर कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।

बिज्ञापन

आयोगले लेखापाल अरुणकुमारको मृत्यु भइसकेको र बिगो बापतको रकम उनकी श्रीमतीबाट असुल उपरका लागि उनलाई प्रतिवादी कायम गरेको छ । उनीहरुले मिलेमतोमा विद्यालयमा आईटी ल्याब स्थापनाका निम्ति प्राप्त सबै रकम दुरुपयोग गरेका हुन् । अख्तियारका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा आईटी ल्याब व्यवस्थापन शीर्षकमा विदेह नगरपालिकाबाट विद्यालयलाई साढे ६ लाख रुपैयाँ प्राप्त भएको थियो ।

प्रधानाध्यापाक ठाकुर र लेखापाल कुशियैतको मिलेमतोमा ल्याबका कुनै सामग्री खरिद नगरी रकम हिनामिना गरिएको पाइएको हो । उनीहरुले नगरपालिकामा नक्कली कागजात पेश गरेका थिए । त्यसपछि आव २०७८–०७९ मा ल्याबका लागि प्रोजेक्टर खरिद गर्न ८७ हजार ५०० रुपैयाँ र २०७९/०७९ मा कम्प्युटर खरिदका निम्ति एक लाख २४ हजार ६५२ रुपैयाँ प्राप्त भएकोमा सो रकमबाट पनि सामान नै नगरी व्यक्तिगत लाभ लिएको अख्तियारको ठहर छ ।

बिज्ञापन

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम आठ लाख ६२ हजार १५२ रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीहरुलाई कैद र जरिवाना सजायको माग गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष