लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयका प्राध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले धनुषाको विदेह नगरपालिकाको शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुर र लेखापाल अरुणकुमार कुशियैतकी पत्नी मतिकुमारी सरितादेवी कुशियैतलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ  सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध ​८ लाख ६२ हजार १५२ रुपैयाँ ६५ पैसा बिगो कायम गरेर कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।

बिज्ञापन

आयोगले लेखापाल अरुणकुमारको मृत्यु भइसकेको र बिगो बापतको रकम उनकी श्रीमतीबाट असुल उपरका लागि उनलाई प्रतिवादी कायम गरेको छ । उनीहरुले मिलेमतोमा विद्यालयमा आईटी ल्याब स्थापनाका निम्ति प्राप्त सबै रकम दुरुपयोग गरेका हुन् । अख्तियारका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा आईटी ल्याब व्यवस्थापन शीर्षकमा विदेह नगरपालिकाबाट विद्यालयलाई साढे ६ लाख रुपैयाँ प्राप्त भएको थियो ।

प्रधानाध्यापाक ठाकुर र लेखापाल कुशियैतको मिलेमतोमा ल्याबका कुनै सामग्री खरिद नगरी रकम हिनामिना गरिएको पाइएको हो । उनीहरुले नगरपालिकामा नक्कली कागजात पेश गरेका थिए । त्यसपछि आव २०७८–०७९ मा ल्याबका लागि प्रोजेक्टर खरिद गर्न ८७ हजार ५०० रुपैयाँ र २०७९/०७९ मा कम्प्युटर खरिदका निम्ति एक लाख २४ हजार ६५२ रुपैयाँ प्राप्त भएकोमा सो रकमबाट पनि सामान नै नगरी व्यक्तिगत लाभ लिएको अख्तियारको ठहर छ ।

बिज्ञापन

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम आठ लाख ६२ हजार १५२ रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीहरुलाई कैद र जरिवाना सजायको माग गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

ओली र पोखरेल प्यानलका यी हुन पदाधिकारीका उमेद्धार

प्रधानमन्त्री मातहतको सतर्कता केन्द्र ‘भुते’ बन्दा पशु सेवा विभागमा कीर्ते, गैरहाजिरी र संरक्षणको खेल

बिशेष