सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

प्रधानन्यायधीश सुशीला कार्की र अनिल कुमार सिन्हा दुबै न्यायलय पृष्टभूमिका । उनै न्यायको पृष्टिभूमिबाट आएका प्रधानमन्त्री र मन्त्रीहरुले अर्काे एक पूर्व न्यायधीशलाई पाँच महिना अवधि बाँकी रहँदै अपदस्थ गर्न लागेका छन् ।

बिज्ञापन

विशेष अदालतका न्यायधीश गौरीबहादुर कार्की,युवराज सुवेदी,कुमार शर्मा,काशीराज दाहालको समयमा केही प्रगति भए पनि २० औं बर्षदेखि जेलिएको समस्याको गाँठो फुकाउँदै थिए पूर्व न्यायधीशसमेत रहेका श्रीमणकुमार गौतमको समूह । श्रीमणको टिमको पाँच महिना कार्यकाल बाँकी छँदै सहकारी व्यवस्थापन समितिको काम सन्तोषजनक नभएको बाहनामा अध्यक्ष श्रीमणकुमार गौतम, सदस्यहरू उद्धवप्रसाद तिमिल्सेना, ललिताकुमारी महर्जन, ध्रुव आचार्य र महेशप्रसाद काफ्लेलाई बर्खास्त गर्ने प्रक्रिया अगाडि बढेको भेटिएको हो ।

बिज्ञापन

अदालतबाट अवकाश पाएपछि श्रीमण ०८१ वैशाखमा उक्त कार्यालयको प्रमुखको जिम्मेवारीमा थिए । अन्य सदस्यहरु केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले नियुक्त भएका हुन त्यही राजनीतिक रङ्ग दिएर यो टोलीलाई हटाउन लागिपरेका छन् ।

श्रीमणको समूहले उक्त समस्याग्रस्त सहकारीको नेतृत्व सम्हालेको यो अवधिसम्ममा तीन अर्ब २९ करोड मिलान र वचत फिर्ता भएको छ भने करिब चार हजार वचतकर्ताको सबै भुक्तानी भइसकेको छ । ५६ हजारले आशिक रुपमा वचत रकम भुक्तानी पाइसकेका छन् । ०७५ सालदेखि तीन वटा ठूल्ठूला सहकारी फरक फारक गरेर मन्त्रालयमा बुझाइएको,चालु आर्थिक बर्षमा आठ वटा पूराना सहकारी फरक फारक गर्ने योजनाका साथ अगाडि बढिरहेको थियो,अहिलेको व्यवस्थापन टोली । उनीहरुले यही आर्थिक बर्षमा सहकारीमा फसेको कूल वचतकर्ताको कूल रकमको ३० प्रतिशत रकम फिर्ता गर्ने योजना बनाएर काम गरिरहेका थिए । पूर्व मन्त्री बलराम अधिकारीसँग गरिएको कार्यसम्पादन सम्झौतामा १५ अर्ब उठाएर फिर्ता गर्ने योजना थियो भने एक लाख मुनीको वचतकर्ताहरुको रकम फिर्ता गर्नका लागि १ अर्ब ८३ करोड अर्थ मन्त्रालयसँग माग भएको र उक्त रकम प्राप्त हुनासाथ ३४ हजार बचतकर्ताको सबै रकम फरक फराक गर्न सकिने कार्ययोजना थियो । सहकारीका सञ्चालक, व्यवस्थापक तथा लेखा समितिका सबै सदस्यको चल–अचल सम्पत्ति रोक्का गरिनुका साथै, ऋण तिर्न बाँकी ११ हजार ऋणीको समेत बैंक खाता तथा चल–अचल सम्पत्ति रोक्का, ठूल्ठूला सहकारीका सञ्चालक र ऋृणीहरुको ११६ जनाको ऋृणको विवरण र नाम सहितको पूर्ण विवरण सिआइबीमा पठाइएसँगै शुरु भएको थियो,यो टोली हटाउने चलखेल । यसरी सहकारी माराहरु एक पछि अर्काे कानुनी कारवाहीको दायारमा पर्ने भएसँगै शुरु भएको छटपटी अनुसार उनीहरुलाई हटाउने काम अन्तिम चरणमा पुगेको भूमि व्यवस्था मन्त्रालयले स्रोतले पृष्टि गरेको छ ।

बिज्ञापन

सोही योजना अनुसार गत मंसिर ८ गतेको मन्त्रिपरिषद बैठकबाट पदाधिकारीहरूलाई १२ बुँदे स्पष्टीकरण सोधिएकोमा समितिका पदाधिकारीहरुले जबाफ लेखेर पठाइसकेका छन् । यसरी हटाउन खोजिएको पदाधिकारीहरुमा व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतम, सदस्यहरू उद्धवप्रसाद तिमिल्सेन, ललिताकुमारी महर्जन, ध्रुव आचार्य र महेशप्रसाद काफ्ले लगायत छन् । सहकारी महासंघबाट प्रतिनिधित्व गरिरहेका काशिचन्द्र बराललाई भने स्पष्टीकरण सोधिएको छैन । स्पष्टीकरण सोधिएकामध्येबाट चित्त बुझ्दो जबाफ नआएको भन्दै हटाउने प्रक्रिया अगाडि बढाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । ०७५ सालदेखि हालसम्म सरकारले २३ वटा सहकारी संस्थालाई समस्याग्रस्त सहकारी भनेर घोषणा गरेको छ । ती २३ वटा समस्याग्रस्त सहकारीबाट ६२ हजार ७६० जना बचतकर्ताले ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रूपैयाँ फिर्ता पाउन सकेका छैनन् ।

 सहकारी व्यवस्थापन वोर्डको अहिलेको टिम हटाइने अन्तिम तयारी चलिरहेको छ ।  त्यहाँ पटक पटक लाभको अवसर पाइरहेका एक पूर्व प्रशासकलाई अध्यक्ष बनाएर लैजाने तयारी भइरहेको जनाइएको छ ।यही टोलीलाई स्पष्टीकरण सोधेर हटाउने अन्तिम तयारी भइरहँदा विभागीय मन्त्री पनि सरुवा भएर पर्यटनमा पुग्न लागेका हुन । यस पटकको किस्तामा  मन्त्रिपरिषद् विस्तार हुँदा भूमिबाट अनिलकुमार सिन्हालाई पर्यटन मन्त्रालयमा सार्ने तयारी भएको छ । आज चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दा अनिलकुमार सिन्हालाई भूमिबाट पर्यटनमा सार्न लागिएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी कानुनमन्त्री अनिलकुमार सिन्हालाई दिने भएकी हुन । यस अघि पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीसँगै थियो । सिन्हाले सम्हाल्दै आएको भूमि मन्त्रालयको जिम्मेवारी भने कुमार इङ्नामलाई दिइने भएको हो । अब बन्न लागेको भूमि मन्त्री इङनाम कानुनका प्राध्यापक र विज्ञ हुन् । काठमाडौं स्कुल अफ लमा प्राध्यापन गरिसकेका उनले वित्तीय अपराध, अन्तर्राष्ट्रिय व्यापारका विषयमा पुस्तक लेखेका छन् ।

यस अघि तीन मन्त्रालय सम्हालिरहेका सिन्हाले अब उद्योग, कानुन र पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारले गर्‍यो ११ सहसचिवको सरुवा (सूचीसहित)

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक आह्वान

दोहोरो सुविधा नियन्त्रणमा सरकार कडा: पूर्वविशिष्टका सवारी विवरण आजै बुझाउन निर्देशन

हरित वित्त: विकास र प्रकृतिबीचको सन्तुलन

एनटीएनसीमा अटेर कर्मचारीको हालीमुहाली, कोही सरुवा नटेर्ने त कोही गाडी दुरुपयोगमै मस्त

कर्मचारीहरूको गाडी थुत्ने: मन्त्रीका स्वकीय गाडीमा राज गर्ने

सचिव सिग्देल र मन्त्रीको सल्लाहकारको गठबन्धन: नियुक्तिमा चलखेल गर्दै

आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई

बिशेष