सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

प्रधानन्यायधीश सुशीला कार्की र अनिल कुमार सिन्हा दुबै न्यायलय पृष्टभूमिका । उनै न्यायको पृष्टिभूमिबाट आएका प्रधानमन्त्री र मन्त्रीहरुले अर्काे एक पूर्व न्यायधीशलाई पाँच महिना अवधि बाँकी रहँदै अपदस्थ गर्न लागेका छन् ।

बिज्ञापन

विशेष अदालतका न्यायधीश गौरीबहादुर कार्की,युवराज सुवेदी,कुमार शर्मा,काशीराज दाहालको समयमा केही प्रगति भए पनि २० औं बर्षदेखि जेलिएको समस्याको गाँठो फुकाउँदै थिए पूर्व न्यायधीशसमेत रहेका श्रीमणकुमार गौतमको समूह । श्रीमणको टिमको पाँच महिना कार्यकाल बाँकी छँदै सहकारी व्यवस्थापन समितिको काम सन्तोषजनक नभएको बाहनामा अध्यक्ष श्रीमणकुमार गौतम, सदस्यहरू उद्धवप्रसाद तिमिल्सेना, ललिताकुमारी महर्जन, ध्रुव आचार्य र महेशप्रसाद काफ्लेलाई बर्खास्त गर्ने प्रक्रिया अगाडि बढेको भेटिएको हो ।

बिज्ञापन

अदालतबाट अवकाश पाएपछि श्रीमण ०८१ वैशाखमा उक्त कार्यालयको प्रमुखको जिम्मेवारीमा थिए । अन्य सदस्यहरु केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले नियुक्त भएका हुन त्यही राजनीतिक रङ्ग दिएर यो टोलीलाई हटाउन लागिपरेका छन् ।

श्रीमणको समूहले उक्त समस्याग्रस्त सहकारीको नेतृत्व सम्हालेको यो अवधिसम्ममा तीन अर्ब २९ करोड मिलान र वचत फिर्ता भएको छ भने करिब चार हजार वचतकर्ताको सबै भुक्तानी भइसकेको छ । ५६ हजारले आशिक रुपमा वचत रकम भुक्तानी पाइसकेका छन् । ०७५ सालदेखि तीन वटा ठूल्ठूला सहकारी फरक फारक गरेर मन्त्रालयमा बुझाइएको,चालु आर्थिक बर्षमा आठ वटा पूराना सहकारी फरक फारक गर्ने योजनाका साथ अगाडि बढिरहेको थियो,अहिलेको व्यवस्थापन टोली । उनीहरुले यही आर्थिक बर्षमा सहकारीमा फसेको कूल वचतकर्ताको कूल रकमको ३० प्रतिशत रकम फिर्ता गर्ने योजना बनाएर काम गरिरहेका थिए । पूर्व मन्त्री बलराम अधिकारीसँग गरिएको कार्यसम्पादन सम्झौतामा १५ अर्ब उठाएर फिर्ता गर्ने योजना थियो भने एक लाख मुनीको वचतकर्ताहरुको रकम फिर्ता गर्नका लागि १ अर्ब ८३ करोड अर्थ मन्त्रालयसँग माग भएको र उक्त रकम प्राप्त हुनासाथ ३४ हजार बचतकर्ताको सबै रकम फरक फराक गर्न सकिने कार्ययोजना थियो । सहकारीका सञ्चालक, व्यवस्थापक तथा लेखा समितिका सबै सदस्यको चल–अचल सम्पत्ति रोक्का गरिनुका साथै, ऋण तिर्न बाँकी ११ हजार ऋणीको समेत बैंक खाता तथा चल–अचल सम्पत्ति रोक्का, ठूल्ठूला सहकारीका सञ्चालक र ऋृणीहरुको ११६ जनाको ऋृणको विवरण र नाम सहितको पूर्ण विवरण सिआइबीमा पठाइएसँगै शुरु भएको थियो,यो टोली हटाउने चलखेल । यसरी सहकारी माराहरु एक पछि अर्काे कानुनी कारवाहीको दायारमा पर्ने भएसँगै शुरु भएको छटपटी अनुसार उनीहरुलाई हटाउने काम अन्तिम चरणमा पुगेको भूमि व्यवस्था मन्त्रालयले स्रोतले पृष्टि गरेको छ ।

बिज्ञापन

सोही योजना अनुसार गत मंसिर ८ गतेको मन्त्रिपरिषद बैठकबाट पदाधिकारीहरूलाई १२ बुँदे स्पष्टीकरण सोधिएकोमा समितिका पदाधिकारीहरुले जबाफ लेखेर पठाइसकेका छन् । यसरी हटाउन खोजिएको पदाधिकारीहरुमा व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतम, सदस्यहरू उद्धवप्रसाद तिमिल्सेन, ललिताकुमारी महर्जन, ध्रुव आचार्य र महेशप्रसाद काफ्ले लगायत छन् । सहकारी महासंघबाट प्रतिनिधित्व गरिरहेका काशिचन्द्र बराललाई भने स्पष्टीकरण सोधिएको छैन । स्पष्टीकरण सोधिएकामध्येबाट चित्त बुझ्दो जबाफ नआएको भन्दै हटाउने प्रक्रिया अगाडि बढाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । ०७५ सालदेखि हालसम्म सरकारले २३ वटा सहकारी संस्थालाई समस्याग्रस्त सहकारी भनेर घोषणा गरेको छ । ती २३ वटा समस्याग्रस्त सहकारीबाट ६२ हजार ७६० जना बचतकर्ताले ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रूपैयाँ फिर्ता पाउन सकेका छैनन् ।

 सहकारी व्यवस्थापन वोर्डको अहिलेको टिम हटाइने अन्तिम तयारी चलिरहेको छ ।  त्यहाँ पटक पटक लाभको अवसर पाइरहेका एक पूर्व प्रशासकलाई अध्यक्ष बनाएर लैजाने तयारी भइरहेको जनाइएको छ ।यही टोलीलाई स्पष्टीकरण सोधेर हटाउने अन्तिम तयारी भइरहँदा विभागीय मन्त्री पनि सरुवा भएर पर्यटनमा पुग्न लागेका हुन । यस पटकको किस्तामा  मन्त्रिपरिषद् विस्तार हुँदा भूमिबाट अनिलकुमार सिन्हालाई पर्यटन मन्त्रालयमा सार्ने तयारी भएको छ । आज चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दा अनिलकुमार सिन्हालाई भूमिबाट पर्यटनमा सार्न लागिएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी कानुनमन्त्री अनिलकुमार सिन्हालाई दिने भएकी हुन । यस अघि पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीसँगै थियो । सिन्हाले सम्हाल्दै आएको भूमि मन्त्रालयको जिम्मेवारी भने कुमार इङ्नामलाई दिइने भएको हो । अब बन्न लागेको भूमि मन्त्री इङनाम कानुनका प्राध्यापक र विज्ञ हुन् । काठमाडौं स्कुल अफ लमा प्राध्यापन गरिसकेका उनले वित्तीय अपराध, अन्तर्राष्ट्रिय व्यापारका विषयमा पुस्तक लेखेका छन् ।

यस अघि तीन मन्त्रालय सम्हालिरहेका सिन्हाले अब उद्योग, कानुन र पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

नेपाललाई डिजिटल पथमा डोर्याउने ‘कहाँ’को योजना : स्मार्ट डोर बेलदेखि डिजिटल हाजिरीसम्म

अख्तियारको राडारमा तत्कालीन मन्त्री,सचिव,सह सचिवदेखि मन्त्रीका स्वकीयसम्म

मन्त्रिपरिषद् बिस्तार हुँदै,को को हुँदैछन् नयाँ मन्त्री ?

‘छिटो निर्णय, परिणाममुखी कार्यान्वयन’ : यस्ता छन् महानिर्देशक जैसीको ६ महिने कार्यप्रगति

स-परिवारसहित सुटुक्क अमेरिका किन पुगे धुर्मुस ?

बिशेष