‘छिटो निर्णय, परिणाममुखी कार्यान्वयन’ : यस्ता छन् महानिर्देशक जैसीको ६ महिने कार्यप्रगति

गत जेठदेखि सडक विभागको महानिर्देशकको कुर्सीमा छन् डा विजय जैसी । यस अघि विभागकै उपमहानिर्देशक, विभाग अन्तर्गतकै अनुसन्धान तथा विकास केन्द्रका निर्देशक चलाइसकेका उनले विभागको नेतृत्व गरेसँगै सडक विभाग चलेको मात्र होइन दौडिएको अनुभव गरेका छन्,कर्मचारीहरुले । जेनजी आन्दोलनका कारण सडक विभागको ऐतिहासिक भवन समेत खण्डहर बन्यो । धूलो टक्टकाउँदै उठ्नुथ्यो सडक विभागलाई । जेनजी विद्रोहमा ऐतिहासिक भवन ध्वस्त हुँदा फाइल पत्र अव्यवस्थित,सम्पर्क-समन्वय टुट्दा पनि उनले हिम्मत हारेनन् । तीन दिनमै मै विभाग पुनः सञ्चालनमा ल्याए। त्यसपछि उनको पहिचान बन्यो-संकटमा स्थिर,निर्णयमा दृढ” । नागढुंगा,रसुवागढी लगायतका सडकहरु अवरुद्ध थिए ।यो ६ महिनाको अवधिमा महानिर्देशकको कार्यशैलीलाई नजिकबाट नियालिरहेका कर्मचारीहरु जैसीले विभागको कामाण्ड सम्हाले यता विभाग दौडिएको अनुभुति गरेका छन् ।

बिज्ञापन

आर्थिक बर्ष सकिनु २ महिना अगाडि विभागको नेतृत्व सम्हालन पुगको जैसी त्यहाँ पुग्नु अगाडि पूँजीगत खर्च ४८ प्रतिशतबाट बढाएर ७५ दशमलव ३८प्रतिशत पुर्याए । काम-कमजोरी पत्ता लगाउने,तत्काल निर्णय गर्ने,आक्रमक अनुगमन,यो उनको कार्यशैली थियो । यही कार्यशैलीले विभागमा ‘काम गर्ने संस्कृतिलाई’ पुनर्जीवित गराएको छ । देश विदेशबाट आर्जित विश्वस्तरीय ज्ञानलाई नेपालका टुटेका सडक,काटेका खोला र पहिरोले खाएका पथमा  सीधै उतारे। देशभरका सडकहरूको नसा-नाडी सम्हाल्ने यो पद चुनौती, दबाब र जनअपेक्षाले भरिएको थियो। सडक सिधै सर्वसाधरणदेखि भीभीआइपी ठोकिने ठाउँ हो । सरकार कस्तो छ,देखिने ऐना पनि हो सडक ।

बिज्ञापन

नाब्रुङकै आदर्श सरस्वती माविदेखि चन्द्रावती माविबाट एसएलसी (प्रथम श्रेणी),पुल्चोक इन्जिनियरिङ क्याम्पस सिभिल इन्जिनियरिङ,बेलायनको शेफिल्ड युनिभर्सिटीबाट ब्रिज इन्जिनियरिंग बिषयमा पोष्टडक्टरेट, तथा चीनको फुजी युनिभर्सिटीबाट स्ट्रक्चरल इन्जिनियरिङमा विद्यावारिधि । देशदेखि विदेशका विश्वविद्यालयबाट आर्जित ज्ञान,६३ साल यता निजामती सेवामा रहेको अनुभवलाई मिसाएर उनले ६ महिनामै विभागलाई पूरानै लयमा फर्काएका छन् ।

यो ६ महिनामा सडक विभागलाई   केवल ‘निर्माण गर्ने संस्था’बाट ‘समयमै काम सम्पन्न गर्ने, पारदर्शी, उत्तरदायी र समन्वित प्रणाली’तर्फ रूपान्तरण गर्ने आधार निर्माण भएको छ । सरकारको योजना अनुसार नै रुग्ण ठेक्का व्यवस्थापन सुरु भएको छ भने अनुगमन प्रणाली प्रभावकारी बनाइएको छ । गुणस्तरमा सम्झौता नगर्ने संस्कृतिको सुरुवात गरियो, र बाढी–पहिरोबाट अवरुद्ध भएका प्रमुख सडकहरूलाई छिटो सञ्चालनमा ल्याएर नागरिकलाई राहत दिने क्षमताको प्रदर्शन गरिएको छ । काठमाडौं उपत्यकामा खाल्डाखुल्डीमुक्त सडक अभियान, बहु-संस्थाबीच समन्वय समिति सक्रिय बनाउने, नागढुङ्गा सुरुङमार्गको प्रगति देखिने तहमा पुर्याउने, कोदारी र रसुवागढी जस्ता कठिन सीमा-मार्गहरू सञ्चालनमा ल्याउने, मुग्लिन-नारायणगढमा ठूलो पहिरो हटाई सडक खोल्ने जस्ता कामहरूले विभागको ‘छिटो निर्णय, परिणाममुखी कार्यान्वयन’ क्षमतालाई बलियो देखाएको छ ।

बिज्ञापन

यस्तै, भौतिक संरचना मात्र होइन-संस्थागत व्यवहार, जबाफदेहिता र काम गर्ने गति सुधारिएको छ, जसको प्रभाव नागरिकले प्रत्यक्ष रूपमा अनुभव गर्न थालेका छन्। ०८२ जेष्ठ १२ गते सडक विभागको जिम्मेवारी सम्हालेपछि महानिर्देशक जैसीले सर्वप्रथम संस्थागत सुधार, पारदर्शिता, कार्यक्षमता वृद्धि र योजनाको समयमै सम्पन्नता प्रमुख प्राथमिकता हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।  विभागीय टिमको सहयोगमा त्यस दिशामा ठोस काम अघि बढेको छ। निकट भविष्यमा आउने जोखिमलाई ध्यानमा राख्दै बाढी-पहिरो प्रभावित सडकहरूलाई छिटो सञ्चालनमा ल्याउने तयारीसहित सतर्कता अपनाइएको,महानिर्देशक जैसीको दावी छ ।  काठमाडौं उपत्यकालाई खाल्डाखुल्डीमुक्त बनाउन, पुराना तथा रुग्ण ठेक्का व्यवस्थापन गर्न, प्रभावकारी अनुगमन प्रणाली लागू गर्न, प्रशासनिक तथा प्राविधिक समन्वय बढाउन, गुणस्तरमा कुनै सम्झौता नगर्न र कर्मचारी क्षमता अभिवृद्धिमा जोड दिन हामीले निर्णय र कार्यान्वयन दुबै थालिएको उनी बताउँछन् ।

नागढुङ्गा सुरुङमार्ग स्थलगत निरीक्षणका क्रममा मुख्य संरचना पूरा भइसकेको, पहिरो जोखिम भएका क्षेत्रमा सुरक्षात्मक संरचना निर्माण अन्तिम चरणमा रहेको र यस आयोजनाको चाँडो सम्पन्नताले राजधानीको यातायात चाप कम गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा राखिएको छ। यस्तै, गल्छी–त्रिशूली–स्याफ्रुवेशी-रसुवागढी सडक तथा चीन सीमा क्षेत्रको वास्तविक अवस्था बुझेर चुनौती समाधानका लागि प्रत्यक्ष निर्देशन दिइएको छ। सीमा क्षेत्रमा बाढीले क्षति पु¥याएको पुल तथा सडक संरचनालगायतका विषयमा दिगो समाधानका उपायहरू तत्काल लागू भएको छ। कोदारी–अरनिको राजमार्ग पहिरोले बारम्बार अवरुद्ध हुँदा विभाग तथा सम्बन्धित कार्यालयको निरन्तर प्रयासपछि  गत भदौं ४ गतेबाट बाट यातायात चल्न थालेको छ। गल्छी–स्याफ्रुवेशी सडकमा बाढीले बिगारेको स्थानहरूमा ट्र्याक खोलेर यातायात सञ्चालनमा ल्याइएको छ। कठिन भूभागमा विभागकै मेसिनरी जोखिम मोल्दै काम गरिरहेको छ, यहाँ ९ दिनपछि एक्साभेटर उद्धार हुनु यसका उदाहरण हुन्।

काठमाडौं उपत्यकामा सडक व्यवस्थापनका चुनौती समाधानका लागि बहु–संस्था समावेश भएको ‘समन्वय समिति’ सक्रिय गरिएको छ। चाडपर्वलाई लक्षित गर्दै उपत्यकाका सडकहरू खाल्डामुक्त बनाउने, ‘स.वि.’ चिन्ह अंकित गरी आ–आफ्नो क्षेत्राधिकार स्पष्ट गर्ने, फुटपाथ तथा अवरोध व्यवस्थापन गर्ने, पैदलयात्री–मैत्री संरचना निर्माण गर्ने सहमति भएको छ। आगामी बैठकलाई प्रत्यक्ष प्रसारण गर्ने तयारी छ, जसले पारदर्शिता बढाउनेछ। अरनिको राजमार्गमा पाँच ठाउँमा अवरोध हुँदा वर्षा, पहिरो, जोखिमग्रस्त बस्ती र स्थानीय अवरोधका कारण काम चुनौतीपूर्ण भइरहे पनि निरन्तर प्रयास भइरहेको छ।

मुग्लिन–नारायणगढ खण्डमा तुईन खोला पुल नजिक ठूलो पहिरो हटाइ सडक सुचारु गरिएको छ, करिब ६० घन्टाको निरन्तर प्रयास यसमा लगाइएको हो।’रुग्ण ठेक्का प्रणाली सुधार गर्न वर्षौंदेखि अलपत्र योजनामा ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ। अब काम नगर्ने, ढिलाइ गर्ने र गुणस्तरमा सम्झौता गर्ने प्रवृत्ति सह्य हुनेछैन। सडक पूर्वाधारलाई सुरक्षित, गुणस्तरीय, समयमै सञ्चालनयोग्य बनाउने, समन्वय बढाउने, पारदर्शिता कायम गर्ने र नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने सुधार ल्याउने हाम्रो प्रतिबद्धता व्यवहारिकरूपमा अघि बढिरहेको छ। जनताको विश्वासलाई आधार बनाएर अझै प्रभावकारी काम गर्दै जानेछौँ’महानिर्देशक जैसी भन्छन् ।

संघीय राजधानीबाट करिब ३०० किलोमिटर टाढा, तनहुँको नाब्रुङ गाउँमा जन्मिएका हुन जैसी ।  वुवा बद्रिनाथ जैसी—गाउँका सम्मानित शिक्षाविद्। आमा देवी—शान्त तर दृढ महिला। जेठो छोराको जन्मसँगै घरमा आएको खुसीसँगै एक ठूलो संकल्प पनि जन्मियो-“छोराले समाजमा फरक चिनो बनाओस्।” ०६३ साल, सडक विभागमा इन्जिनियरका रूपमा सरकारी सेवामा प्रवेश,थोरै समयमै-पुलमा ड्यामेज पहिचान गर्ने प्रविधि विकास। नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) बाट युवा वैज्ञानिक पुरस्कार । त्यसपछि आउने कामहरू-Design & Build Technology पहिलोपटक नेपालमा EPC Modify Tunnel Norms, SBD Development Hybrid Annuity Model (HAM) को कानुनी तथा एप्लिकेसन फ्रेमवर्क सिद्धबाबा टनेल, ग्वार्को फ्लाईओभर, नागढुङ्गा सुरुङमार्गको विशेष प्रक्रिया यी सबैमा अग्रपंक्तिमा रहने नाम-डा. विजय जैसी।

 बुबाआमाले पाँच सन्तानलाई ‘डाक्टर’ बनाइदिएको सफल पृष्ठभूमि तनहुँको गाउँमा आज पनि गर्वका साथ सुनाइन्छ।  आज जब उनी सडक–पुल डिजाईन गर्छन्,त्यो कागजमा माटोको सुगन्ध मिसिएको हुन्छ-जसले उनलाई उठाएको थियो।  डा. विजय जैसीको कथा सिर्फ व्यक्तिगत सफलताको उदाहरण होइन-यो देशभक्तिको जीवित पाठ हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार

नयाँ सरकारका लागि तयार भयो सुशासन मार्गचित्र : यस्ता छन् समितिका मुख्य सुझाव

यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ७२ कर्मचारी

समृद्धिको सारथि कि बाधक ? बालेन सरकार र कर्मचारीतन्त्रको ‘सर्जरी’

सबइन्जिनियरको करार अवधि थप्न खातामै एक लाख घुस

कर्मचारीमाथि दोष थोपर्ने कि प्रणाली सुधार गर्ने?

नगरपालिकामा घुस काण्ड : नगर प्रमुखसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अनुकुल न्यायधीश खोज्ने प्रयास : पूर्वमन्त्री गुप्ता,श्रेष्ठ र उपसचिव अधिकारीको भ्रष्टचार मुद्धा फेरि स्थगित

बिशेष