स्थायी सेवाका कम्युटर अपरेटर ‘जोकर फाल्तु’,करारकै कर्मचारीको उल्टो रजगज

निजामतीभित्र कस्तोसम्म विकृती देखिन्छ भने फलामे ढोका मानिने लोकसेवाबाट नाम निकालेका स्थायी कर्मचारी ‘जोकरफाल्तु’ हुने,केही जिम्मेवारी नपाउने अनि हाकिमका साली,गलफ्रेन्ड,नातेदार भएको आधारमा करारमा भर्ती भएकाहरुकै उल्टो हैकम चल्ने । गाँउको दूरदराज होइन,देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार,त्यसमा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा देखिएको विकृती हो हो ।

बिज्ञापन

लोकसेवा भिडेर स्थायी नियुक्ति पाएका राप अन प्रथम श्रेणी (कम्युटर अपरेटर)को हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा यस्तो विकृती देखिएको हो । स्थायी कर्मचारीलाई बाहिर घुमेका घुम्यै छन् तर विभिन्न मन्त्रालयमा अहिले पनि करारका कर्मचारीको रजगज चलिरहेको छ ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्णय गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरी पठाइदिने तर मन्त्रालयमा दरबन्दी नरहेको भनी पदस्थापन नगरेको र पदस्थापन नगरी भुक्तान गर्न नमिल्ने कारण देखाइ श्रेणीविहिन केही कर्मचारीहरु गत साउनदेखि नै तलबविहिन अवस्थामा बिचल्ली भई बस्नु परेको गुनासो पोखेका छन् । यस्का अलवा विभिन्न मन्त्रालयबाट सरुवा भएर आएका स्थायी कर्मचारीले सहसचिवसमक्ष हाजिरका लागि निवेदन दिए पनि “करार कर्मचारी बसेकोले हाजिर गराउन नसकिने,खाली कार्यालय आफैँ खोजेर जानु भन्ने जस्ता गैरजिम्मेवार प्रतिक्रिया प्राप्त भएसँगै आफूहरु मारमा परेको र प्रधानमन्त्री समक्ष निवेदन दिनु परेको ती कर्मचारीहरुको गुनासो छ ।

मन्त्रालय मन्त्रालयको टकरावमा तल्लो स्तरको कर्मचारी मारमा परेको, उद्योग मन्त्रालयले सरुवा गरिदिनु फिर्ता पठाइदिनु भनी पत्र पठाउँदा समेत सामान्यले सो नगरी थप कर्मचारी सरुवा गरी पठाएको, यसरी कर्मचारी व्यवस्थापन नगरी दुई मन्त्रालयको कमजोरी अर्थात मनोमानीले कम्प्युटर अपरेटर पदका कर्मचारी मारमा परेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निवेदन पेश गरेका छन्। उनीहरुले दुई मन्त्रालयको टकराव,करारका कर्मचारीहरुलाई च्याप्दा आफूहरु मारमा परेको र महिनौँसम्म हाजिर तथा पदस्थापन नपाई अलपत्र परेको गुनासो प्रधानमन्त्री समक्ष गरेका छन्,निवेदनमा ।

बिज्ञापन

स्थायी नियुक्ति पाएका कर्मचारीहरुलाई हाजिर नगराउने तर करार सेवाका कर्मचारीलाई मन्त्रालयमै जोगाएर राख्ने क्रम विगतदेखि नै चल्दै आएको छ,संघीय मन्त्रालयमा । सरकारले सार्वजनिक खर्च कटौती गर्ने भनिए पनि संघीय मन्त्रालयमा दर्जनौंको संख्यामा करारका कम्युटर अपरेटरहरु कार्यरत छन्,उनीहरु बर्षाैदेखि मन्त्रालयमा रहेर काम गर्दै आएका छन् । मन्त्री,सचिवदेखि उच्च पदस्थहरुका आडमा करारमा कार्यरत रहेका कम्प्यूटर अपरेटरहरुको जागिर बचाउने खेलो मेलो राम्रै शुरु भएको छ ।
एकातिर त्यस्ता कर्मचारीका कारण स्थायी नियुक्ति पाएका कर्मचारीहरुले मन्त्रालयमा रहेर काम गर्न पाएका छैनन्,उनीहरुलाई विभाग तथा दुर्गम जिल्लातिर पठाएर करारकै कर्मचारीको हैकम चलाइँदै आएको छ भने अर्काेतिर करारका कर्मचारीका कारण नयाँ पुस्ताका शिक्षित युवा निजामती सेवामा प्रवेश गर्न प्रतिस्प्रधा गर्न पाएका छैनन भने प्रवेश गरी सकेकाहरुको सरुवा हुन पाउने अधिकारबाट वञ्चित हुने गरेका छन् ।

अहिले पनि संघीय मामिलामा ४ जना करारका कम्युटर अपरेटरहरु कार्यरत छन् । यस्तै गृहमा एक महिला कर्मचारीलाई हर्ताकर्ता नै बनाएर राखिएको छ,लामो समयदेखि ।शिक्षा,शहरी,उद्योग, निर्वाचन आयोग,कानुनदेखि भौतिक मन्त्रालयसम्म करारकै कम्युटर अपरेटरहरु छन् ।

करारवालाको पावर कस्तोसम्म छ भने,केही अघि उद्योग विभागमा एक जना हाकिम थिए,उनले त्यहाँ कार्यरत एक जना करार सेवाको महिला कर्मचारीलाई हटाउन खोजे । बदलामा भोलीपल्टै उनको सरुवा त्यहाँबाट राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा गराइयो । ती सहसचिवले हटाउन खोजेका करार सेवाको कर्मचारी कुनै सचिव निकट थिइन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्वसचिव आचार्यको राष्ट्रिय गीत सार्वजनिक : जेनजी युवालाई देश निर्माणको आह्वान

व्हाट्सएप अभिव्यक्तिका कारण मतदान अधिकृत गैरे हटाइए

राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न

मतदान अधिकृत जिम्मेवारीबाट हटाइए

मौन अवधिमा सरकारी सवारीमाथि शंका: निजी नम्बर प्लेट जडान आरोपमा पूर्वसभामुखका ज्वाइँ नियन्त्रणमा

मध्यपूर्वमा बदलिँदो शक्ति–सन्तुलन, आतंकवाद र इरान–अमेरिका तनाव 

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचनमा खटिएका २ लाख २१ हजार कर्मचारीलाई शतप्रतिशत सुविधा, २० लाखसम्म बिमा

बिशेष