अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत,सब इञ्जिनियर,असिस्टेन्ट सब इन्जिनियर सहित चार जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
अख्तियारले गलत लिखत तयार पारी भ्रष्टाचार गरेको अभियोगमा चार जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी,
पालिकाका सब इन्जिनियर जय कुँवर, असिस्टेन्ट सब इन्जिनियर तेजबहादुर सुनार र जग्गाधनी शान्ति नाथलाई प्रतिवादी बनाएर मुद्धा विशेषमा लगेको हो ।
बिज्ञापन
बेलडाँडी गाउँपालिकाका(२ बस्ने शान्ति नाथले बेलडाँडी गाउँपालिका वडा नम्बर २ स्थित कित्ता नम्बर ३५७ क्षेत्रफल ४ सय वर्गमिटर जग्गामा हुँदै नभएको घर छ भनी नक्सा तयार गराएर घर जग्गा धितोमा राखी लक्ष्मी सनराइज बैंकबाट ऋण लिएको अभियोगपत्रमा उल्लेख छ ।
बिज्ञापन


























