नासु र खरिदारको सरुवा स्थगित,बढुवामा ‘तरमारा’ वर्गलाई राक्ने प्रयास

सरकारले राजपत्र अनंकित प्रथम र द्वितीय श्रेणी (नायव सुब्वा र खरिदार) तहका कर्मचारीको सरुवा स्थगन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई परिपत्र गर्दै त्यसबारे जानकारी गराएको छ ।

बिज्ञापन

बढुवामा समेत तरमारा वर्गले फाइदा लिने विकृती बढेको भन्दै सोही विकृती रोक्नका लागि मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ । मन्त्रालयले २०८२ मंसिर २४ गते सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयहरूलाई परिपत्र जारी गर्दै लोक सेवा आयोगको वार्षिक कार्यतालिका अनुसार खुला र बढुवा प्रतिस्पर्धाका विज्ञापन प्रकाशनको समय नजिकिएकाले सरुवा प्रक्रियामा देखिएको अनियमितता रोक्न यस्तो निर्णय गरिएको स्पष्ट गरेको छ।

बिज्ञापन

बढुवा सूचना प्रकाशित हुनुअघि सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा रहेका कर्मचारी मर्कामा पर्ने भएकाले तत्काललाई नासु र खरिदारको सरुवा स्थगन गरेको जनाइएको छ । मन्त्रालयका अनुसार नायव सुब्वा वा सो सरहका कर्मचारीको माघ मसान्तसम्म र खरिदार वा सो सरहका कर्मचारीको फागुन मसान्तसम्मका निम्ति सरुवा स्थगित गरिएको छ ।

परिपत्रमा लामो समयदेखि दुर्गम स्थानमा बसी सेवा गरी आएका कर्मचारीहरुको बढुवा प्रयोजनार्थ मर्का पर्ने देखिएको हुँदा कर्मचारीहरुको सरुवा गर्ने, कामकाज, काज खटाउने तथा सरुवा सहमति प्रदान गर्ने कार्य हाललाई स्थगित गरिएको व्यहोरा उल्लेख छ ।

बिज्ञापन

मन्त्रालयले गरेको परिपत्र अनुसार, नायब सुब्बा तहका कर्मचारीहरुको सरुवा ०८२ माघ मसान्तसम्म र खरिदार तहका कर्मचारीको सरुवा ०८२ फाल्गुण मसान्तसम्म स्थगित रहनेछ।

मन्त्रालयले निर्वाचन, विशेष परिस्थिति तथा आवश्यक पदस्थापन बाहेक कुनै पनि सरुवा, काज वा सहमति नदिन निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

बिशेष