१० जना कर्मचारी एमाले महाधिवेशन प्रतिनिधि चयन,बर्खास्त गर्न माग गर्दै मन्त्रालयमा उजुरी

नेकपा एमालेको आगामी ११ औं महाधिवेशन यही पुस अन्तिम साता हुँदैछ । अन्य फाँटमा झैं पेशागत,स्वास्थ्यकर्मी फिल्डबाट समेत धमाधम प्रतिनिधि छानिएका छन् ।

बिज्ञापन

गत शनिवारमात्र एमालेको १४ नम्बर फाँट मानिएको विशेष फाँटबाट प्रतिनिधि छनौंट गरिएको छ । ३६ सय सदस्य रहेको भनिएको उक्त फाँटबाट १६ प्रतिशत अर्थात ६ सयमात्र मत खसेको छ ।

बिज्ञापन

३६ सयभन्दा बढी मतदाता रहेको पेशागत विशेष जिल्ला कमिटीमा निजामतीतर्फ १४ सय,वकिल २ सय तथा लेखापाल डेढ सय,सार्वजनिक संस्थानका कर्मचारीहरू लगभग ७ सय छन् । त्यसमा २ सय जना जति शिक्षक र त्यत्तिकै हाराहारीमा वकिलहरू छन् । प्राध्यापकहरूको संख्या ४ सयको हाराहारीमा रहेको यो क्लस्टरमा ३ सयजति स्वास्थ्यकर्मीसमेत रहेको बताइएको छ । यस्तै बैंक, वित्तीय संस्थान, राष्ट्र बैंकलगायत निकायमा कार्यरत कर्मचारीहरूको संख्यासमेत लगभग ५ सयको हाराहारीमा भएका कारण यो क्षेत्रलाई एमालेको क्रिम फोर्सका रूपमा हेरिँदै आएको छ

पेशागत जिल्ला कमिटीबाट महाधिवेशन प्रतिनिधिका लागि पाँच जना खुला, एकजना युवा र दुई महिला गरी आठ जनाको कोटा तोकिएको थियो । जसमा अवकाश प्राप्त अधिकृत तथा कर्मचारी संगठनका पूर्व अध्यक्ष लेखनाथ कोइराला,मोहनकुमार पराजुली,धर्मराज मैनाली,एस किरण,प्रयास साह,महिला कोटाबाट अणु धमला र प्रेरणा न्यौपाने,आशुतोष शर्माहरुको लिष्ट बाडिएको थियो । जसमध्ये लेखनाथ कोइरालाले ४४४ मत पाए भने वासुदेव शर्माले ३७४ मत ल्याए । ४१९ मत ल्याएर मोहन पराजुली विजयी भएका छन् । माओवादीबाट एमालेमा पसेका मधेसी मूलका प्रयास शाहले ४०९ मत पाउँदा ३७५ मत ल्याएर विजयी प्रेरणा न्यौपाने र ३६५ मत ल्याएर विजयी भएकी अणु धमला विजयी भएका छन् ।

बिज्ञापन

यता उच्च ओहदाका कर्मचारीहरुलाई ट्रेड युनियन अधिकारबाट बञ्चित गरिएको भए पनि महाधिवेशनमा ७ जना प्रतिनिधि चुनिएका छन् । महासंघ स्रोतका अनुसार तीमध्ये ४ जना सरकारी सेवामा कार्यरत छन् । जसमा राष्ट्रिय ट्रमा सेन्टरका दसौं तहका वरिष्ठ चिकित्सक डा सन्तोष पौडेल एमाले महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । स्मरण रहोस पौडेल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्ष समेत हुन । उनी वीर अस्पतालका पूर्वकार्यकारी निर्देशकसमेत हुन् ।

त्यस्तै बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी अमृता बराल पनि महाधिवेशन प्रतिनिधि बनेकी छन् । उनी नेकपा एमालेको सचेतक महेश बर्तौलाकी श्रीमती हुन् । यस्तै सभामुख देवराज घिमिरेको निजी सचिवालयमा कार्यरत अहेव भीमराज सिंह पनि प्रतिनिधि छनोटमा परेका छन् । स्वास्थ्य मन्त्रालयको रेकर्ड अनुसार सिंह स्वास्थ्य मन्त्रालयकै कर्मचारी हुन् तर हाल संसद् सचिवालयमा काजमा खटिएका छन् । एमाले महाधिवेशन प्रतिनिधिका लागि महासंघमा २३ जनाबीच चुनावी प्रतिस्पर्धा भएकोमा ७ निर्वाचित भएका हुन जसमध्ये ४ जना सरकारी सेवामा कार्यरत छन् । २ प्रतिनिधि भने सरकारी सेवाबाट निवृत्त कर्मचारी हुन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ (२)मा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहको स्वामित्व र नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको व्यक्ति मात्र राजनीतिक दलको सदस्य हुन पाउने उल्लेख छ । यस्का अलवा जबकी निजामती सेवा ऐन २०४९ को दफा ४४ मा स्पष्ट लेखिएको छ– निजामती कर्मचारीले राजनीतिमा भाग लिन प्रतिवन्ध लगाएको छ ।

यसरी निर्वाचन ऐन र निजामती सेवा ऐनले राजनीतिमा भाग लिन प्रतिवन्ध लगाएको भए पनि सरकारी सेवामा कार्यरत कर्मचारीहरुदेखि स्वास्थ्यकर्मी महाधिवेशन प्रतिनिधिमा चुनिएपछि सेवाबाट बर्खास्त गर्न माग गर्दै मन्त्रालयमा उजुरीसमेत परेको छ ।

यसरी राज्यकोषको ढुकुटी अर्थात् नागरिकको करबाट तलब र सेवा सुविधा लिएर राजनीतिक दलमा आबद्ध निजामती कर्मचारी, शिक्षक, प्राध्यापक, स्वास्थ्यकर्मी र इन्जिनियरको संख्या ठूलो छ। सरकारी सेवामा नेकपा एमाले निकट कर्मचारीको वर्चश्व रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजस्व अनुसन्धान विभाग खारेजपछि भेप तस्करी मौलायो: रसुवामा ३६ लाख बढीको भेपसहित ८ पक्राउ

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

बिशेष