नेकपा एमालेको आगामी ११ औं महाधिवेशन यही पुस अन्तिम साता हुँदैछ । अन्य फाँटमा झैं पेशागत,स्वास्थ्यकर्मी फिल्डबाट समेत धमाधम प्रतिनिधि छानिएका छन् ।
बिज्ञापन
गत शनिवारमात्र एमालेको १४ नम्बर फाँट मानिएको विशेष फाँटबाट प्रतिनिधि छनौंट गरिएको छ । ३६ सय सदस्य रहेको भनिएको उक्त फाँटबाट १६ प्रतिशत अर्थात ६ सयमात्र मत खसेको छ ।
बिज्ञापन
३६ सयभन्दा बढी मतदाता रहेको पेशागत विशेष जिल्ला कमिटीमा निजामतीतर्फ १४ सय,वकिल २ सय तथा लेखापाल डेढ सय,सार्वजनिक संस्थानका कर्मचारीहरू लगभग ७ सय छन् । त्यसमा २ सय जना जति शिक्षक र त्यत्तिकै हाराहारीमा वकिलहरू छन् । प्राध्यापकहरूको संख्या ४ सयको हाराहारीमा रहेको यो क्लस्टरमा ३ सयजति स्वास्थ्यकर्मीसमेत रहेको बताइएको छ । यस्तै बैंक, वित्तीय संस्थान, राष्ट्र बैंकलगायत निकायमा कार्यरत कर्मचारीहरूको संख्यासमेत लगभग ५ सयको हाराहारीमा भएका कारण यो क्षेत्रलाई एमालेको क्रिम फोर्सका रूपमा हेरिँदै आएको छ
पेशागत जिल्ला कमिटीबाट महाधिवेशन प्रतिनिधिका लागि पाँच जना खुला, एकजना युवा र दुई महिला गरी आठ जनाको कोटा तोकिएको थियो । जसमा अवकाश प्राप्त अधिकृत तथा कर्मचारी संगठनका पूर्व अध्यक्ष लेखनाथ कोइराला,मोहनकुमार पराजुली,धर्मराज मैनाली,एस किरण,प्रयास साह,महिला कोटाबाट अणु धमला र प्रेरणा न्यौपाने,आशुतोष शर्माहरुको लिष्ट बाडिएको थियो । जसमध्ये लेखनाथ कोइरालाले ४४४ मत पाए भने वासुदेव शर्माले ३७४ मत ल्याए । ४१९ मत ल्याएर मोहन पराजुली विजयी भएका छन् । माओवादीबाट एमालेमा पसेका मधेसी मूलका प्रयास शाहले ४०९ मत पाउँदा ३७५ मत ल्याएर विजयी प्रेरणा न्यौपाने र ३६५ मत ल्याएर विजयी भएकी अणु धमला विजयी भएका छन् ।
बिज्ञापन
यता उच्च ओहदाका कर्मचारीहरुलाई ट्रेड युनियन अधिकारबाट बञ्चित गरिएको भए पनि महाधिवेशनमा ७ जना प्रतिनिधि चुनिएका छन् । महासंघ स्रोतका अनुसार तीमध्ये ४ जना सरकारी सेवामा कार्यरत छन् । जसमा राष्ट्रिय ट्रमा सेन्टरका दसौं तहका वरिष्ठ चिकित्सक डा सन्तोष पौडेल एमाले महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । स्मरण रहोस पौडेल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्ष समेत हुन । उनी वीर अस्पतालका पूर्वकार्यकारी निर्देशकसमेत हुन् ।
त्यस्तै बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी अमृता बराल पनि महाधिवेशन प्रतिनिधि बनेकी छन् । उनी नेकपा एमालेको सचेतक महेश बर्तौलाकी श्रीमती हुन् । यस्तै सभामुख देवराज घिमिरेको निजी सचिवालयमा कार्यरत अहेव भीमराज सिंह पनि प्रतिनिधि छनोटमा परेका छन् । स्वास्थ्य मन्त्रालयको रेकर्ड अनुसार सिंह स्वास्थ्य मन्त्रालयकै कर्मचारी हुन् तर हाल संसद् सचिवालयमा काजमा खटिएका छन् । एमाले महाधिवेशन प्रतिनिधिका लागि महासंघमा २३ जनाबीच चुनावी प्रतिस्पर्धा भएकोमा ७ निर्वाचित भएका हुन जसमध्ये ४ जना सरकारी सेवामा कार्यरत छन् । २ प्रतिनिधि भने सरकारी सेवाबाट निवृत्त कर्मचारी हुन् ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ (२)मा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहको स्वामित्व र नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको व्यक्ति मात्र राजनीतिक दलको सदस्य हुन पाउने उल्लेख छ । यस्का अलवा जबकी निजामती सेवा ऐन २०४९ को दफा ४४ मा स्पष्ट लेखिएको छ– निजामती कर्मचारीले राजनीतिमा भाग लिन प्रतिवन्ध लगाएको छ ।
यसरी निर्वाचन ऐन र निजामती सेवा ऐनले राजनीतिमा भाग लिन प्रतिवन्ध लगाएको भए पनि सरकारी सेवामा कार्यरत कर्मचारीहरुदेखि स्वास्थ्यकर्मी महाधिवेशन प्रतिनिधिमा चुनिएपछि सेवाबाट बर्खास्त गर्न माग गर्दै मन्त्रालयमा उजुरीसमेत परेको छ ।
यसरी राज्यकोषको ढुकुटी अर्थात् नागरिकको करबाट तलब र सेवा सुविधा लिएर राजनीतिक दलमा आबद्ध निजामती कर्मचारी, शिक्षक, प्राध्यापक, स्वास्थ्यकर्मी र इन्जिनियरको संख्या ठूलो छ। सरकारी सेवामा नेकपा एमाले निकट कर्मचारीको वर्चश्व रहेको छ ।


























