जाँचबुझ आयोगमा तीन दिनदेखि बयान दिइरहेछन् काठमाडौंका एक महिने सिडियो

उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग आज पनि बयान लिइरहेको छ । सिंहदरबारस्थित आयोग कार्याकक्षमा गत बुधबारदेखि चलिरहेको बयान आज पनि लिन लागिएको आयोगले जनाएको छ ।

बिज्ञापन

माइतीघरबाट शुरु भएको प्रदर्शन बानेश्वर पुगेर संसद भवन प्रवेश गर्न खोजेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले गोली चलाउन आदेश दिएका थिए । सोही आदेशका कारण प्रहरीले गोली चलाउँदा स्कुल तथा कलेजका विद्यार्थीहरु मारिएका थिए ।

बिज्ञापन

आयोगका अनुसार अस्ति बुधबार र हिजो सार्वजनिक बिदाका दिनमा समेत सहसचिव रिजालसँग सोधपुछ गरिएको थियो । दुई चरणमा भएको छलफलका क्रममा समेत प्रश्नहरू अझै बाँकी रहेको हुँदा आज पनि उनलाई बयानका लागि बोलाइएको हो ।

आयोगले हालसम्म प्रहरीका तल्ला तहका कर्मचारीदेखि उच्च प्रशासक,उच्च प्रहरी अधिकारीहरु समेत गरी डेढ सय जनासँग सोधपुछ गरिसकेको जनाएको छ ।

बिज्ञापन

आयोगले यस अघि तत्कालीन सशस्त्र प्रहरी कार्य विभाग प्रमुख नारायणदत्त पौडेल, नेपाल प्रहरीका पूर्व कार्य विभाग प्रमुख तथा हाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी सिद्धि विक्रम शाह, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापा, पूर्वमुख्यसचिव एकनारायण अर्याल, डीआईजी कृष्ण खनाल, ओम राना, सुरेश श्रेष्ठ, एसपी अपिल बोहरा र कुलदिप चन्द,गृह सचिव गोकर्णमणि दुवाडी,प्रहरी प्रमुख चन्द्र खापुङ सँग सोधपुछ गरिसकेको छ ।

रिजाल तत्कालिन गृहमन्त्री रमेश लेखकका प्रिय पात्र हुन् । लेखक गृहमन्त्री हुदाँ रिजाललाई गृह मन्त्रालयको महत्वपुर्ण मानिएको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए । उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट एक महिना नपुग्दै बर्हिगमन हुने रिजाल पहिलो सहसचिव हुन् ।

रिजालले काठमाडौंमा गत भदौ ९ गते प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए । उनले जिम्मेवारी सम्हालेको १५ दिन नपुग्दै जेनजीको आन्दोलन चर्किएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष