संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३ जना उपसचिवहरुको सरुवा गरेको छ ।सरुवाको सूची अनुसार पाँच जना नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत,४ जनालाई जिसस,२ सामान्यको बरण्डा,१ गृह र एक भूमि मन्त्रालयमा पुगेका छन् ।
बिज्ञापन
मन्त्रालयले गरेको सरुवा सूची अनुसार,पाँच जना उपसचिवहरुलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको छ । यसरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउने उपसचिवहरुमा पाख्रिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालालाई सूर्याेदय नगरपालिका,इलाममा खटाइएको छ भने कमलामाई नगरपालिकाबाट विनोद भट्टराईलाई बेलका नगरपालिकामा खटाइएको छ । यस्तै,भेरीगंगाबाट कृष्णप्रसाद पोखरेललाई गुर्भाकोट नगरपालिका,म्याङलुङ नगरपालिकाबाट कृष्ण पोखरेललाई गुर्भाकोटमा पुर्याइएको छ । म्याङलुङनगरपालिकाबाट रविन कार्की पुगेका छन् । शिखर नगरपालिका डोटीबाट हरेन्द्र श्रेष्ठलाई खडक नगरपालिकामा पठाइएको छ ।
यस्तै,चार उपसचिवहरुलाई जिल्ला समन्वय समितिमा खटाइएको छ । जिसस पुगेका उपसचिवहरुमा सूर्याेदयबाट अमृत राई जिसस,झापा,बलवा नगरपालिकाबाट कमल कार्कीलाई जिसस,सर्लाही,संघीय मामिला तथा सामान्य प्रशासन उमेश रिजाललाई जिसस,पर्सा,शम्भुनाथ नगरपालिकाबाट शेरबहादुर भण्डारीलाई जिसस सिरहा पठाइएको छ ।
यस्तै मन्त्रालयले भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेका केशव रिजाललाई सामान्यको बरण्डामा तानेको छ भने सामान्यको अतिरिक्त समूहबाट शेरबहादुर पुन गृह मन्त्रालयमा पुगेका छन् । शिवहरि पोखरेललाई सामान्यको अतिरिक्तमा ल्याइएको छ । ईश्वर आचार्य भूमि मन्त्रालयमा पुगेका छन् ।
























