अख्तियारले समायो अर्काे ठूला माछा

नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारले पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उपस्थित गराएको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई उनलाई पक्राउ गरेर विशेष अदालतमा लगिएको जनाएको छ । अख्तियारले क्यानका महानिर्देशक अधिकारीसहित पूर्व महानिर्देशक मुरारी भण्डारीलाई समेत पक्राउ गरिएको छ ।

बिज्ञापन

उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको स्रोतले बताएको छ । यस्का अलवा पोखरा,भैरहवा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा अधिकारीको संलग्नता रहेको भेटिएसँगै अख्तियारले नियन्त्रणमा लिएको हो ।

यस अघि दुई पाँच हजार घुस खाने तल्ला तहका कर्मचारीलाई मुद्धा चलाएर अख्तियार आलोचित थियो । पछिल्लो समय पतञ्जलीको जग्गासम्बन्धी विषयमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध १८ करोडभन्दा बढी बिगो दाबी गर्दै मुद्दा अघि बढाइएको थियो । यस्तै पूर्वमन्त्री एवं सांसद मोहनबहादुर बस्नेतलाई टेरामक्स प्रकरणमा मुद्दा दायर गरिसकेको छ। तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जनालाई प्रतिवादी बनाएर मुद्धा लगेको थियो ।

बिज्ञापन

केही अगाडिमात्र अख्तियारले पोखराको लिचि जग्गा प्रकरणमा मन्त्री भइसकेका राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठलाई प्रतिवादी बनाएर मुद्धा लगेको छ । अख्तियारले यस्ता ठूला भ्रष्टाचारका २० भन्दा बढी मुद्धा विशेषमा लैजाने तयारी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष