मुख्यसचिवले ‘होल्ड’मा राखिदिए पुन: नियुक्ति,कार्यकक्षको चाबी बोकेर भट्ट गायब

समाज कल्याण परिषद्को सदस्य सचिवबाट हटे लगतै पुन सदस्य सचिवमा दोहोरिन खोजेका मनोज भट्टको नियुक्ति साता दिनदेखि होल्डमा छ । गत मंसिर पहिलो साता बसेको मन्त्रिपरिषद बैठकले गर्ने निर्णयमा भट्टको नाम छिरे पनि उनको विवादास्पद पृष्ठभूमि,अख्तियार लगायतका निकायमा भएका उजुरीहरुका कारण भट्टको पुन नियुक्तिलाई हालै निवृत्त मुख्य सचिव एकनारायण अर्यालले होल्ड गरिदिएका थिए ।

बिज्ञापन

भट्टलाई अघिल्लो देउवा सरकारका पालामा काङ्ग्रेसकै तत्कालीन महिला,बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मीको प्रस्तावअनुसार नियुक्त गरिएको थियो । उनको कार्यकाल १ मंसिरदेखि सकिसकेको छ । २०७८ मंसिर २ गतेको मन्त्रिपरिषद बैठकले सदस्य सचिवमा भट्ट, कोषाध्यक्षमा विनय लामा, सदस्यहरूमा नारायण गिरी, आस्था केसी, गोमा भुसाल, शम्भुजंग राणा र डा जीतेन्द्र डंगोललाई नियुक्त गरेको थियो । कोषाध्यक्ष लामाले १ गते नै बरबुझारथ गरेर हिडिसकेका छन् तर भट्ट भने पुन नियुक्तिका लागि चलखेलमा छन् ।
मुलुकभर करिब ५६ हजारको हाराहारीमा गैरसरकारी संघ संस्थाहरुको नियमित मूल्याङ्कन, सुपरिवेक्षण तथा अनुगमनको जिम्मेवारी विगतदेखि नै विवादमा परेका र काँग्रेसका सभापति शेर बहादुर देउवा निकटका मनोज भट्टलाई फेरि दोह्रोउन खोजिएको छ । भट्टको चार बर्षे कार्यकाल सकिएलगतै उनलाई पुन दोहोर्याएर नियुक्ति दिइएको हो । ४ वर्षे कार्यकाल सकिएको भोलिपल्टै फेरि ४ वर्षका लागि दोहोर्याएर भट्टलाई नियुक्ति दिन खोजिएको थियो तर साता दिनदेखि भट्टको नियुक्ति मन्त्रिपरिषद्मा अलपत्र छ । क्याबिनेट बैठकले पारित गरेको भट्टको नियुक्ति मुख्य सचिवले प्रमाणित नभएसँगै कार्यन्वयन हुँदैन मुख्यसचिव एकनारायण अर्यालले उनको नियुक्ति होल्ड गरिदिएका थिए ।

बिज्ञापन

मुख्यसचिव अर्यालले प्रधानमन्त्री सुशीला कार्कीसँग कुराकानी गरेर नै मन्त्रिपरिषद्को उक्त निर्णयलाई प्रमाणीकरण नगरेका हुन् ।
नयाँ मुख्य सचिव नियुक्त भएसँगै विवादित पात्र भट्टको नियुक्ति हुने सम्भवना रहेको बताइएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु देउवासँग निकट रहेका भट्ट यसअघि परिषद्को सदस्य भएका थिए मंसिर, २०७८ मा । पछि उनीविरुद्ध अख्तियार र मन्त्रालयमा उजुरी परेपछि सरकारले विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । असोज, २०८० मा तत्कालीन मन्त्री सुरेन्द्र आचार्यले उनलाई पदबाट हटाएका थिए । सर्वोच्च अदालतको अन्तरिम आदेशबाट भट्ट समाज कल्याण परिषद्मा फर्किएका थिए । त्यसपछि परिषद्का कोषाध्यक्ष विनय लामाले कार्यालयमा प्रवेश गर्न नदिँदा विवाद बढेको व्यक्ति हुन ।

उसो त नियुक्ति होल्डमा रहेका सदस्य सचिव भट्ट कार्यकक्षमै ताला लगाएर चाबी आफैंले बोकेर हिडिरहेका छन् । भट्ट पदमुक्त भएको एक साताभन्दा बढी समय बितिसक्दा पनि उनले कार्यकक्षमा ताला लगाएर राखिएको छ । सो तालाको चाबी अरु कोही सँग छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारी सरुवामा हिस्सा खोज्दै सुदन समूह

मुख्यसचिवले ‘होल्ड’मा राखिदिए पुन: नियुक्ति,कार्यकक्षको चाबी बोकेर भट्ट गायब

निजामतीको साख स्खलित हुँदै गएकोप्रति मुख्यसचिव चितिन्त,कार्यशैली परिवर्तन गर्न सुझाव

सार्वजनिक संस्थानका कर्मचारीलाई भत्तै भत्ता

नाबालिका बलत्कारी,जेलरले भगाए सीमापारी

भ्रष्टाचार मुद्दाबाट मुक्त भएपछि झन् शक्तिशाली बने बोहरा : विभागदेखि मन्त्रालयसम्म आतंक

सामाजिक सुरक्षाको छाताभित्र साढे २६ लाख नागरिक

कालोसूचीमा १४ निर्माण कम्पनी

बिशेष