सचिव सरुवाको बिषय किन राखियो गुपचुप ?

सुशासन र पारदर्शीता वर्तमान सरकारको प्रमुख एजेण्डा हो । भ्रष्टाचार अन्त्य,सुशासन र पारदर्शीताको एजेण्डा बोकेर चुनाव गराउने दायित्व सहित नेतृत्वमा पुगेको सुशीला कार्कीको सरकारको मन्त्रीहरुको सम्पत्ति गुपचुप छ । सो सरकारले गरेका क्याविनेटका निर्णय सञ्चार मन्त्रालयसम्म पुग्दा गायब हुने गरेको भेटिएको छ ।मन्त्रिपरिषद्बाट भए गरेका केही निर्णयहरु सार्वजनिक नभइ लुकाइने र केही मात्र सार्वजनिक गर्ने गरेको पाइएको छ ।

बिज्ञापन

यो कुनै आक्षेप होइन,बर्तमान सरकारकै मन्त्रीबाट पृष्टि भएको बिषय हो । जस्तो सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक भए पनि सोही बैठकले चार जना सचिवहरुको सरुवा गरेको थियो तर उक्त निर्णय गुपचुप राखिएको पाइएको छ ।
सोमबारको क्याविनेटले मुख्यसचिवमा रक्षासचिव सुमनराज अर्याललाई बढुवा गर्ने निर्णय गरेको थियो भने उनको भूमि मन्त्रालयबाट केदारनाथ शर्मालाई पठाइएको छ । यस्तै सामान्यबाट रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा पठाउने, कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवामा र मधेश प्रदेहका प्रमुख सचिव मदन भुजेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा सरुवा गरिएको बिषय अर्थ सहित संघीय मामिला समेत मन्त्रीको जिम्मेवारी सम्हालिरहेका मन्त्री रामेश्वर खनालले बताएका छन् तर मन्त्रिपरिषद्को निर्णयमा सो गायब गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

बिशेष