महालक्ष्मी विकास बैंकद्वारा कर्जाबारे साक्षरतामूलक भिडियो सार्वजनिक

महालक्ष्मी विकास बैंकले कर्जाबारे प्रभावकारी वित्तीय साक्षरतामूलक भिडिओ सार्वजनिक गरेको छ ।

बिज्ञापन

नबुझी कर्जा लिँदा भविष्यमा आइपर्ने सम्भावित जोखिमबाट बच्न र ऋणीको बैंकसँगको साझेदारी मजबुत बनाउन भिडियोले योगदान दिनेछ । कर्जा सम्वन्धी जानकारी दिन बैंकिङ्ग क्षेत्रमा पहिलो साक्षरता भिडिओ बनाएको बैंकको दावी छ ।

बिज्ञापन

उक्त भिडियोमा बैंकबाट कर्जा लिँदा धेरै सम्भावनाहरू खुल्ने र सम्भावनाहरूसँगै ठूलो जिम्मेवारी पनि बेहोर्नुपर्ने अवस्थाको जानकारी दिइएको छ । बैंकबाट प्राप्त गरेको कर्जा रकमको सही सदुपयोग गर्नु अत्यावश्यक रहेको बताइएको छ ।

भिडिओमा शिक्षा, व्यवसाय जुन उद्देश्यका लागि कर्जा लिइएको हो सोही कामका लागि मात्र प्रयोग गर्न भनिएको छ ।बैंकले समयमै कर्जा भुक्तानी गर्नू केबल जिम्मेवारी मात्र नभएर भविष्यका लागि एक कदम हो भन्दै कर्जाको किस्ता समयमै नतिर्दा जरिवाना लाग्ने र अर्को पटक कर्जा पाउने अवसर पनि कम हुने बताएको छ । समयमै किस्ता तिर्दा बैङ्कसँगको सम्बन्ध राम्रो बन्ने र आवश्यकताको समयमा बैंकले सहयोग गर्ने कुरा भिडिओमा भनिएको छ ।

बिज्ञापन

बैंकले समयमै कर्जा तिर्दा केन्द्रीय बैंकले प्रदान गर्ने विभिन्न सहुलियत पनि प्राप्त गर्ने भन्दै सबै कर्जावालहरूलाई कालो सूचिमा पर्ने सम्भावनाबाट टाढा रहन आग्रह गरेको छ ।

समयमै कर्जा नतिर्ने कर्जावालहरूका लागि भविष्यमा कर्जा र अन्य वित्तीय अवसरका ढोकाहरू बन्द हुने बताएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब प्यान नम्बर लगायतका करसम्बन्धी सेवाहरु स्थानीय तहबाटै पाइने

काठमाडौं महानगरले माग्यो करार सेवामा ४४ कर्मचारी

अर्थ मातहतका ३९ वटा कार्यालय खारेजी,३०२ को दरबन्दी कटौती

जेनजी विद्रोह पछि समेत सुध्रिएनन कर्मचारी,रगेहात पक्राउ पर्दैछन् धमाधम

स्थानीय तहमा खटाइएका १७ उपसचिवले उल्टाए सरुवा

खरिदारदेखि उपसचिवसम्मका ४६ कर्मचारीको सरुवा

नगरपालिकामा खटाइएका ६ उपसचिव गृहमा फिर्ता

पिआइएस पोर्टल सञ्चालनको अधिकार अब कर्णालीलाई,पाँच हजार बढी कर्मचारी प्रत्यक्ष लाभन्वित

बिशेष