भ्रष्टाचार मुद्धामा शाखा अधिकृतलाई विशेषको क्लिन चिट,अख्तियारको असन्तृष्टी

३ बर्ष अघि शाखा अधिकृत पिताम्बर सारु मुगुको छायानाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए । नगरपालिका २ मा पक्की सिढी निर्माण गर्दा इन्जिनियरले वास्तविक कार्यभन्दा बढी कार्य भएको देखाई तयार पारेको विवरणमा हस्ताक्षर गरेपछि उनीसहित पाँच जनाविरुद्ध अख्तियारले विशेषमा मुद्धा लग्यो । इन्जिनियरहरुले वास्तविक कार्यभन्दा बढी कार्य भएको देखाएको, प्रशासकीय अधिकृत सारुमाथि गलत कागजपत्रमा हस्ताक्षर गरेको र उपभोक्ता समिति अध्यक्ष र कोषाध्यक्षले बदनीयपूर्ण तरिकाले गैरकानुनी लाभ लिने काम गरेको २९ लाख ७७ हजार ८२१ रुपैयाँ बिगोसहित पाँच जनाविरुद्ध विशेषमा मुद्धा लगेको थियो ।
तर, विशेष अदालतको २०८१ असार १८ गतेको फैसलाबाट उनीहरुले उन्मुक्ति पाएका छन् ।

बिज्ञापन

यस्तै, सडक ढलानमा भ्रष्टाचार गरेको ठहरसहित महोत्तरीको सम्सी गाउँपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अंसारीसहित नौ जनाउपर अख्तियारले मुद्दा दर्ता गरेको थियो । विशेष अदालतको २०८१ जेठ २ गतेको फैसलाले उनीहरुलाई पनि सफाई दिएको थियो । दुवै मुद्दाको फैसलामा असन्तुष्टि जनाउँदै अख्तियारले सर्वोच्च गुहारेको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतबाट विभिन्न मितिका भएका फैसलामध्ये दुई वटामा चित्त नबुझेपछि आयोग सर्वोच्च पुगेको जनाएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सर्वोच्चको फैसला उल्ट्याएर नामसारी: मालपोत बाँकेका पूर्व प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय प्रमुखसहित नासु–खरिदारको सरुवा

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला

सरकारी शिक्षक–कर्मचारीलाई चुनावी प्रचारमा नलाग्न निर्वाचन आयोगको कडा चेतावनी

मन्त्रिपरिषद् बैठक बस्दै

अधिकृतदेखि सचिवसम्मको सरुवामा जेनजी अभियन्ताको दवाब

प्रशासकीय अदालतको आदेशपछि उपसचिव बढुवाको सूची संशोधन

मन्त्रीले स्पष्टीकरण सोध्ने तयारी गरेपछि काफ्लेले दिए राजीनामा,कामचलाउको जिम्मेवारी पाए पौडेलले

बिशेष