राष्ट्रिय संग्रहालयको वमन भैरव

नेपालमा भैरवलाई विभिन्न नाम र रूपले पुकारिन्छ । शिवको संहार रूपमध्ये भैरव एक हुन । यो रुप सबैभन्दा डरलाग्दो र भयंकर हुन्छ । भैरवलाई नेवार समुदायले भैल द्यो भनिन्छ । त्यसैगरी गाउँ गाउँमा भैरो भन्ने पनि चलन छ । विशेषगरी कुमाउ गढवालमा भैरो अथवा भैर भनिन्छ । त्यस भेगमा भैरवलाई कृषकको देवताको रूपमा मान्ने गरिन्छ। भारतमा पनि कृषकहरूले मान्ने गर्छ्न । विशेषगरी वाराणसी, मुम्बई, कुमाउ, गढवाल, उत्तर तथा मध्य भारतका किसानहरूले कृषी उत्पादन बढी दिने तथा समयसमयमा खेतीबालीको हेरचाह गर्ने देवताको रूपमा मान्छ्न ।

बिज्ञापन

वास्तवमा शहरमा भैरव देवतालाई आफ्नो दशाग्रह शान्त पार्ने देवताको रूपमा मानिन्छ । विशेषगरी जाँड रक्सी चढाएर भैरवप्रति आफ्नो भक्ती अर्पण गर्दछन । नेपालमा भैरवलाई बली चढाएर पनि पूजा गरिन्छ । भैरव देवतालाई बली खाने देवताको रूपमा लिइन्छ । नेपालमा भैरवका मूर्तिहरू ढुंगा, तामा, चाँदी, काष्ठ र माटो गरी विभिन्न बस्तुहरूबाट निर्माण गरिन्छन । काठमाडौं उपत्यकाका भैरवका मूर्तिको पछाडी घ्याम्पोमा जाँड र रक्सी भरेर विभिन्न चाडपर्वमा उक्त भैरवको मुखबाट एक नलीबाट बाहिर निकाली भक्तजनहरूले जाँडरक्सी प्रसादको रूपमा पिउने गर्दछन् । यसरी मनाउने दिन मध्ये इन्द्रजात्रा पनि एक हो ।

बिज्ञापन

छाउनीमा रहेको राष्ट्रिय संग्राहलयको अभिलेख अनुसार २०७१/ ८६ मा दर्ता भएको लम्बाई ६६ सेमी. र चौडाई ५२ से.मी. को एउटा भैरव छ। उक्त भैरवलाई बमन भैरव भनिन्छ। नेवार भाषामा हाथु द्यो भनिन्छ। यस भैरव बमन भनियो भने बमन भनेको बान्ता हो । मूर्तिको पछाडिको ध्याम्पोबाट जाडरक्सी भैरवको मुखबाट बाहिर आउने भएको कारणले वमन भैरव भनिएको हो ।

यो भैरव मृतिका कला (माटोको कला) को राम्रो नमुना हो। मूर्तिको मुकुण्डो पृष्ठभागमा सानो घैँटो आकारको भाँडो अथवा घैँटो देखिन्छ । यस भैरवका ठूलठूला तीन वटा आँखाहरु, लम्चिलो कान चौडा नाक, दाँतमा दुई वटा दाह्रा निस्केका, मानवाकृत स्वरूप यो लक्षण तथा विशेषतायुक्त रहेको छ। निधारको माथि इन्द्रको टाउको, चारवटा खप्पर, चारवटा नागहरूले युक्त र गलामा पनि नागको माला रहेको देखिन्छ। यस मूर्तिलाई इतिहासकारहरूले १९ औं शताब्दीको हुनसक्ने अनुमान गरेका छन् । यस प्रकारका भैरवहरू टोखा, ठिमी , भक्तपुर ललितपुर काठमाडौंका विभिन्न टोल टोलमा रहेको देखिन्छ ।

बिज्ञापन

हाल यस्ता भैरवहरू माटोले बनेको कारण‌ले अथवा उचित व्यवस्थापनको कमि कारणले दिन प्रतिदिन फुट्‌दै ग‌रहेका छन्। थुप्रै स्थान‌मा लोप पनि भैसकेको छ । यसतर्फ समयमा नै लगत राख्ने, टुटफुट भएका मर्मत तथा नयाँ नै बनाउनु पर्ने भएर पनि बनाउने गर्नु पर्दछ । यसतर्फ स्थानीय सरकारको ध्यान जानु अति नै आवश्यक देखिन्छ।

राष्ट्रिय संग्रहालयमा रहेको यो बमन भैरव कहाँको हो भन्ने उल्लेख गरिएको छैन। हाल राष्ट्रिय संग्रहालयको जुद्ध जातीय कला भवनको मृणमय कक्षमा संकलन तथा प्रदर्शनमा राखिएको छ । यसलाई उचित व्यवस्थापन गरि पहिल्यैको स्थानमा पुर्नस्थापाना गरिएको भए भक्तजनहरूले पूजाआजा गर्नुको साथै दर्शन गर्न पाउने थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कान्ति बाल अस्पतालमा चरम अव्यवस्था : निर्देशक डा. पंकज रायको लापरवाहीले अस्पताल ‘भद्रगोलतन्त्र’ मा

भूपु मुख्यसचिवलाई आत्मवृत्तान्त लेख्न प्रधानमन्त्रीको सुझाव

निजामतीको सर्वाेच्च पदमा तीन अर्याल : बैकुण्ठ र एकनारायण विवादै विवादमा,सुमनको अग्निपरीक्षा

प्रशासन–प्रहरीको संरक्षणमै अवैध क्लिनिक सञ्चालन: सिडिओको आदेशपछि मात्र बन्द गर्ने निर्णय

भ्रष्टाचार मुद्धामा शाखा अधिकृतलाई विशेषको क्लिन चिट,अख्तियारको असन्तृष्टी

कार्यालय प्रमुख,अधिकृत,नासु,कम्युटर अपरेटरसहित १० विरुद्ध भ्रष्टाचार मुद्धा

राष्ट्रिय संग्रहालयको वमन भैरव

सामान्य प्रशासनको पहिलो महिला सचिव बनिन चन्द्रकला,तीन महाशाखा प्रमुख महिला

बिशेष