सामान्य प्रशासनको पहिलो महिला सचिव बनिन चन्द्रकला,तीन महाशाखा प्रमुख महिला

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी चन्द्रकला पौडेलले पाएकी छिन् ।

बिज्ञापन

कोशी प्रदेशका सचिवको जिम्मेवारीमा रहेकी पौडेललाई मनित्रपरिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको रुपमा जिम्मेवारी दिएको हो ।
पौडेल उक्त मन्त्रालयको पहिलो महिला सचिवको रुपमा रेकर्ड दर्ज गर्न सफल भएकी छिन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हालसम्म ४० जना सचिवले सो मन्त्रालयको कमाण्ड गरेका छन् । ४१ औं सचिवको रुपमा जिम्मेवारी सम्हाल्ने अवसर पाएकी पौडेल पहिलो महिला सचिव बनेर रेकर्ड कायम गराएकी हुन । सो मन्त्रालयमा कार्यरत रहेका रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा पठाएर त्यहाँ पौडेललाई ल्याइएको हो ।

बिज्ञापन

सचिव पौडेल गत वैशाख पहिलो साता सचिवमा बढुवा भएकी हुन । उनी सचिव बढुवा हुनु अघि भौतिक मन्त्रालय,उद्योग मन्त्रालय,गण्डकी प्रदेशमा बसेर कार्यसम्पादन गरिसकेकी छिन् । सचिव बढुवा भएपछि लुम्बिनी प्रदेशको प्रमुख सचिवको रुपमा कार्यरत थिइन ।

उसो त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा महिलाको टिम बन्ने भएको छ । मन्त्रालयमा ६ वटा महाशाखा रहेकोमा तीन वटा महाशाखा प्रमुख महिला रहेका छन् । यस अघि नै त्यहाँ सहसचिव मीरा आचार्य कार्यरत थिइन । यस अघि मन्त्री रहेकी भगवती न्यौपानेले दुई महिला सहसचिव भित्र्याएर महाशाखा प्रमुख बनाएकी हुन्।कर्मचारी प्रशासन महाशाखा प्रमुख पार्वती शर्मा,योजना विकास तथा सहायता समन्वय महाशाखामा नीता अर्याल र प्रशासन सुधार महाशाखामा मीरा आचार्य कार्यरत रहेकी छिन् ।  निर्वाचन आयोगबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरूवा भएर हाजिर नै नभएकी निता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख  पार्वती शर्मा काफ्लेलाई दिइएको छ। अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग अन्तर्गत मध्यमस्तरीय करदाता कार्यालयको प्रमुखबाट बागमती प्रदेशमा सरूवा भएकी पार्वती शर्मा काफ्ले पनि हाजिर नै नभइ सामान्यको कर्मचारी प्रशासन महाशाखाको कमाण्ड सम्हाल्न आइपुगेकी हुन्। मन्त्रालयको प्रशासन सुधार महाशाखा सहसचिव मिरा आचार्य छिन्। सामान्य प्रशासनमा मिरा मात्र एक्ली महिला महाशाखा प्रमुख थिइन्।

बिज्ञापन

अहिले मन्त्रालयका तीन महाशाखा प्रमुख महिला रहेका छन् भने अब सचिव पनि महिला नै पाएको छ ।

यस्तै,मन्त्रालयको संघीय मामिला महाशाखा प्रकाश दाहाल,डिलाराम पन्थी क्षमता विकास र आन्तरिक व्यवस्थापन महाशाखा सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

बिशेष