तीन सचिव रिक्त,यी हुन बढुवाको पर्खाइमा रहेका सहसचिवहरु

नेपालको विशिष्ट श्रेणीमा एकै पटक चार पद रिक्त हुँदैछ । हालका मुख्य सचिव एकनारायण अर्याल ५८ बर्षे उमेर हद लागेर घर गएसँगै त्यहाँ अर्का अर्याल सुमनराज नियुक्त भइसकेका छन् । मुख्यसचिव एकनारायण अर्यालसँगै ५ बर्षे सेवा अवधि पूरा गरेर गोकर्णमणि दुवाडी घर जाँदैछन् । मुख्यसचिव अर्याल र राष्ट्रिय योजना आयोगका सचिव दुवाडी भोलिदेखि घर जाँदैछन् ।
यस्का अलवा यही महिनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव फणिन्द्र गौतम डेढ वर्ष सचिव चलाएर अनिवार्य अवकाशमा जाँदैछन्। २०८० साल भदौ २१ गते सचिवमा बढुवा भएका गौतम मंसिर १७ गते ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाने भएका हुन्। उनी दुई वर्ष बढी सचिव चलाएर घर जाँदैछन् । मुख्य सचिवमा सुमन अर्याल उक्लिएपछि उनको ठाउँ रिक्त हुन पुगेको छ भने गोर्कणमणि दुवाडी र अबको साता दिन पछि फणिन्द्र घर जाने भएसँगै तीन सचिव पद रिक्त हुन पुगेको छ । मुख्यसचिवसहित तीन सचिवको अवकाश भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ जना वरिष्ठ सहसचिवको नाम सचिव बढुवामा सिफारिस गर्न सक्ने व्यवस्था छ ।

बिज्ञापन

मुख्य सचिव एकनारायण अर्याल ५८ बर्ष लागेर घर जानु,अर्काे सचिव गोकर्णमणि दुवाडी पाँच बर्ष सेवा हद लागेर घर गएसँगै र रक्षा सचिव सुमनराज अर्याल मुख्यसचिव बढुवा भएसँगै दुई सचिव पद रिक्त छ । अबको साता दिन पछि अर्काे सचिव पनि घर जाँदा एकै पटक तीन सचिव पद रिक्त हुनेछ । सचिव बढुवा हुने लाइनमा छन् यी ९ जना सहसचिवहरु । जसमध्ये सबैभन्दा अग्रपक्तिंमा छन्,अर्काे अर्याल-बैकुण्ठ अर्याल,कृष्ण प्र काप्री, राजेन्द्र प्रसाद पौडेल,इन्दु घिमिरे, कमल प्रसाद भट्टराई,श्रीकृष्ण नेपाल,यस अघि प्रधानमन्त्रीको निजी सचिव रहेका विनोद वहादुर कुँवर,झलकराम अधिकारी,जनकराज जोशी,कालीप्रसाद पराजुली,नारायण प्रसाद भट्ट,उत्तर कुमार खत्री, आभा कर्ण श्रेष्ठ,चक्रवहादुर वुढा,जयनारायण आचार्य, रूद्रमान सिंह तामांङ,भ्रष्ट्राचार मुद्धा खेपेर क्लिन चिट पाएमा बुद्धिसागर लामिछाने,इमनारायण श्रेष्ठहरु पनि सचिव बन्ने लाइनमा रहेका बरिष्ठ सहसचिवहरु रहेका छन् ।
निजामती किताबखानाकमा अनुसार,५८ बर्षे उमेर हद लागेर सहसचिवहरु ज्ञानप्रसाद ढकाल, कुमारप्रसाद दाहाल, गोपाल कोईराला, ईन्द्रप्रसाद बस्याल छिट्टै घर फर्कदैछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

बिशेष