निजामती वृत्तमा चर्चा र परिचर्चा थियो १ मंसिरमा मुख्य सचिव एकनारायण अर्यालले पदबाट राजीनामा दिनेछन् । सो दिन उनले सचिव बैठक डाकेका थिए । उक्त बैठकमा उनले आफूले पूरा कार्यकाल अर्थात ९ मंसिरसम्म पदमै रहने संकेत गरेका थिए । उक्त बैठक मुख्य सचिव र सचिवहरुबीच हुने अन्तिम बैठक थियो । अर्यालले सबै सचिवहरु मुख्य सचिवका लागि योग्य रहेको उल्लेख गर्दै आफूपछि आउने मुख्यसचिवले आफूले गरेका कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए उक्त बैठकमा ।
बिज्ञापन
यही महिनामा मुख्यसचिव र दुई सचिव अनिवार्य अवकाशमा जाँदैछन् । राष्ट्रिय किताबखानाको विवरणअनुसार मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव फणीन्द्र गौतम मंसिरमै सेवाबाट अवकाश हुने भएका हुन् ।राष्ट्रिय किताबखाना (निजामती) का अनुसार मुख्यसचिव अर्याल र आयोगका सचिव दुवाडी मंसिर १० गतेबाट अनिवार्य अवकाशमा जान लागेका हुन् । मुख्यसचिव अर्याले उमेर हदका कारण र दुवाडी सचिवको पाँच वर्षे सेवाहद पूरा गरेर अनिवार्य अवकाशमा जान लागेका हुन । दुवाडी २०७७ मंसिर १० गते सचिवमा बढुवा भएका थिए । उनी सचिवको पूरा कार्यकाल चलाएर घर जान लागेका हुन ।
बिज्ञापन
अर्याल ०८१ भदौ १३ गते मुख्यसचिव बनेका अर्यालले करिब १५ महिना मुख्यसचिवमा बढुवा नियुक्ति पाएका थिए । अर्याल र दुवाडीपछि कानुन सेवाका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव गौतम ५८ वर्षे उमेरहदका कारण मंसिर १८ गतेबाट अनिवार्य अवकाशमा जाने छन् । उनी ०८० साल भदौ २१ गते सचिवमा बढुवा भएका गौतम करिब २७ महिना सचिव चलाएर घर जान लागेका हुन् ।
मुख्यसचिव अर्याल घर जाने भएपछि नयाँ मुख्यसचिवमा को नियुक्ति होला भन्ने चासो र चर्चा छ । बरियता मिचिएन भने सुमन अर्याल,महिला प्रधानन्यायधीशले महिला नै मुख्यसचिव खोजेमा प्रमिला बज्राचार्य,सुशीला कार्कीले आफूझैं हक्की स्वभावका प्रशासक रोजेको खण्डमा मधुसुदन बुर्लाकोटीले समेत मुख्यसचिवमा बाजी मार्न सक्छन् । प्रहरीमा झैं बरियता नमिचिएको खण्डमा रक्षासचिव सुमनराज अर्यालले मुख्य सचिवमा बाजी मार्नेछन् । ०७७ माघ १९ गते सचिवमा बढुवा भएका अर्याल मुख्यसचिव नभए सचिवको ५ वर्षे सेवा अवधिका कारण आगामी माग १८ गते अनिवार्य अवकाशमा जान्छन् । मुख्यसचिव भए भने ०८३ असार २५ गतेसम्म करिब ८ महिना चलाएर ५८ वर्षे उमेर हदका कारण घर जान्छन् ।
बिज्ञापन
अर्यालपछिको वरियतामा २०७८ असार १७ गते प्राविधिक तर्फको सचिवमा बढुवा भएकी खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्य शाक्य छिन् । महिला प्रधानमन्त्री रहेको र जनजाति महिला पनि रहेकाले मुख्यसचिव बन्न पाइन्छ कि भनेर लबिङमा लागिरहेकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोत बताउँछ । शाक्यपछिको वरियतामा राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी छन् । २०७८ असार २१ गते सचिव भएका बुर्लाकोटी मुख्यसचिव भएमा ५८ वर्षे उमेरहदका कारण २०८३ भदौ २६ गतेसम्म रहन्छन् ।
त्यसपछिको वरियतामा क्रमशः लोकसेवा आयोगका सचिव किरणराज शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनसङ्ख्या र प्रशासन सचिव डिल्लीराम शर्मा, सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योगसचिव कृष्णबहादुर राउत, गृहसचिव रामेश्वर दंगाल, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्दप्रसाद निरौला र राष्ट्रपतिको कार्यालयका सचिव डा दीपक काफ्ले छन् ।


























