पञ्जीकरण विभागको वेबसाइट ह्याकरमुक्त, डेटा सुरक्षित

चार घण्टा लामो प्रयास पछि राष्ट्रिय परिचयत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याकरमुक्त भएको छ ।

बिज्ञापन

परिचयपत्रसँग सम्बन्धित विभिन्न सेवा प्रदान गर्दै आएको उक्त वेबसाइट मङ्गलबार बिहानदेखि नै अवरुद्ध रहेको थियो । विभागका अनुसार प्राविधिक समस्या देखिएको कारण विभागले वेबसाइट बन्द गरेको थियो ।

बिज्ञापन

‘नेपाली फर नेपाल नामक एक ह्याकर समूहले उक्त वेबसाइट ह्याक गरेको दाबी गरेको थियो । ह्याकरले २४ घण्टाभित्र नागरिक बचाऊ अभियानका अभियन्ता एवं व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गरेको थियो । उसले विभागको एडमिनमा पहुँच राखेको र सम्पूर्ण डाटामा पहुँच पुर्‍याएको दाबीसहितको सन्देश छोडेको भए पनि विभागले सम्पूर्ण डाटा सुरक्षित रहेको दावा गरिएको छ ।

उक्त वेबसाइटमार्फत विभिन्न ११ वटा सरकारी कार्यालय इन्टरलिंक गरिएको छ । अनलाइन घटना दर्ता, राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन, नागरिक एप्स,सामाजिक सुरक्षा,कम्पनी रजिष्टर तथा व्यक्तिगत घटना दर्ता,प्यान लगायतका महत्त्वपूर्ण सेवा प्रदान गरिँदै आएको थियो । यस्का अलाव लाइसेन्स, सामाजिक सुरक्षा, पेन्सन र स्वास्थ्य बीमामार्फत गर्ने तयारी गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

बिशेष