संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्ला २० दिनमै मनमौजी ढंगबाट ४०१ जना खरिदारदेखि उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले किस्ता किस्ता गरेर हरेक दिन जसो खरिदार,नासु,अधिकृतदेखि उपसचिवसम्मको किस्ताबन्दीमा सरुवाको सूची सार्वजनिक गरेको हो । यो महिना कर्मचारी सरुवाको महिना होइन । निजामती कर्मचारीलाई एक मन्त्रालय वा अन्तर्गतको विभाग वा कार्यालयबाट अर्को मन्त्रालय र अन्तर्गतको विभाग वा कार्यालयमा सरुवा गर्ने अधिकार सामान्य प्रशासन मन्त्रालयसँग छ । निजामती सेवा नियमावली, २०५०ले सरुवाको समय तालिका र सरुवाका आधारहरू नै निर्धारण गरेको छ । त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ महिनामा सरुवा गर्नुपर्ने व्यवस्था गरेको छ तर मन्त्रालयले कार्तिकमा समेत धमाधम कर्मचारीको सरुवा गरिरहेको छ,त्यो पनि लट सरुवा होइन कि किस्ताबन्दीमा ।
बिज्ञापन
निजामती सेवा ऐन र नियमावलीमा कर्मचारी सरुवाबारे स्पष्ट व्यवस्था छन् । तर, मन्त्रालयले विभिन्न कारण देखाएर बमौसममा मनमौजी सरुवाहरु गरिरहेको तथ्यांकबाट नै स्पष्ट हुन्छ ।यसरी सरुवा गरिएकामध्ये अधिकांश यस अघि स्थानीय तहमा खटाइएकाहरुको सरुवा उल्टाउने काम भएको छ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ।
बिज्ञापन
निजामती सेवा नियमावलीअनुसार सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ एक गतेदेखि भदौ मसान्तभित्रमा आफूले गर्ने नियमित सरुवा गर्नुपर्ने गरिसक्नुपर्छ । मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज एक गतेदेखि असोज १५ गते भित्रमा, प्रदेश स्तरका निकायहरूले प्रत्येक वर्षको असोज १६ गतेदेखि असोज मसान्तभित्र गर्नुपर्ने उल्लेख भए पनि सामान्यमा सरुवाको बेमौसमी खेती चलिरहेको छ ।

बिज्ञापन
मन्त्रालयले २७ गते ३ जना उपसचिव,१० शाखा अधिकृत र नासु र खरिदारगरी १४ जना कर्मचारीहरुको सरुवा गरेको थियो । यस्तै,२६ गते को सूची अनुसार,८ उपसचिव र २० जना शाखा अधिकृत र नासु तथा खरिदार तहका ३० जना कर्मचारीको सरुवा गरेको सूची सार्वजनिक गरेको छ ।
यस्तै २५ गतेमात्र सो मन्त्रालयले १२ जना उपसचिव र ३१ जना शाखा अधिकृतको सरुवाको सूची सार्वजनिक गरेको छ मन्त्रालयले । संघीय मामिला मन्त्रालयले २४ कार्तिकमा ५ जना उपसचिव र १४ जना शाखा अधिकृतको सरुवा गर्दा २३ गतेको निर्णय अनुसार ९ जना उपसचिव र १० शाखा अधिकृतहरुको सरुवा गरेको छ,मन्त्रालयले ।
यस्तै,२१ गतेको निर्णय अनुसार थप ९ जना उपसचिव र ३९ शाखा अधिकृतहरु सरुवा भएका छन् । यस्तै २० गतेको निर्णय अनुसार सामान्यले १९ जना उपसचिव र ८ जना शाखा अधिकृत हेरफेरमा परेका छन् । यस्तै,१९ गते १७ जना उपसचिवहरुको सरुवा गर्दा अधिकांश सरुवा उल्टाएर गृहमा पुगेका थिए । बाँकी १९ शाखा अधिकृत र नासु र खरिदार तहका १० कर्मचारीको सरुवा समेत सोही मितिमा गरेको छ,सामान्यले ।
यस्तै १८ गते ६ जना उपसचिव र १३ जना शाखा अधिकृत र खरिदार र नासु तहका २३ कर्मचारीहरु हेरफेर भएका छन् ।
गत १६ कार्तिकमा मन्त्रालयले १० जना शाखा अधिकृत र नासु तथा खरिदार तहका ७ जना कर्मचारीको खटन पटन गरेको छ सामान्यले । कार्तिक १४ को मितिमा सामान्य प्रशासनले ७ उपसचिव,५ जना शाखा अधिकृतहरुको जिम्मेवारी हेरफेर गर्दा १३ कार्तिकमा नासु र खरिदार तहका १३ कर्मचारीहरु चलाइएको छ । यस्तै,१२ कार्तिकमा १० जना शाखा अधिकृतहरु सरुवा गरेको थियो मन्त्रालयले ।
सो को अघिल्लो दिन सामान्य प्रशासनले ५ जना उपसचिव र ८ जना शाखा अधिकृतलाई कामकाजका लागि खटाएको सूचना सार्वजनिक गरेको मन्त्रालयले सोही मितिमा ७ जना शाखा अधिकृतको हेरफेर गरेको छ,मन्त्रालयले ।यस हिसाबले पछिल्लो २० दिनमा मात्र सामान्य प्रशासन मन्त्रालयले किस्ता किस्ता गरेर ४०१ जना खरिदारदेखि उपसचिव तहका कर्मचारीहरुको किस्ताबन्दीमा सरुवा गरेको छ मन्त्रालयले ।

सरकारका पूर्वसचिव रामेश्वर खनालले सम्हालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भएको सरुवासम्बन्धी निर्णयले मन्त्रीको विज्ञता र विधिमाथि प्रश्न उठेको छ । अहिले सो मन्त्रालयका सचिव छन्,रविलाल पन्थ र कर्मचारी प्रशासन महाशाखा हेर्दै आएकी छिन्,पार्वती शर्मा । यस अघि प्रदेशमा भएको सरुवा उल्टाएर उनी सामान्यमा पुगेकी हुन ।
बेमौसमी र मनमौजी कर्मचारी सरुवा गरेर सचिव र सहसचिव एक साताका लागि चीन भ्रमणमा उड्न लागेका छन् । स्मरण रहोस,कुलमान घिसिङले हालैमात्र दुई सहसचिवको वैदेशिक भ्रमणमा रोक लगाइदिएका थिए ।


























