१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासनले उपसचिव तहका १०,शाखा अधिकृत तहका १८ र राजपत्र अनंकित तहका ५ जना कर्मचारीहरुको सरुवा गरेको छ ।
मन्त्रालयको सोमबारको निर्णय अनुसार खरिदारदेखि उपसचिव तहसम्मका ३३ कर्मचारीको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार,दुल्लु नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर जिसीलाई निर्वाचन आयोग,ठूली भेरी नगरपालिका डोल्पाबाट प्रमुख प्रशासकीय अधिकृत लालबहादुर गुरुङलाई निर्वाचन आयोगमा सरुवा गरेको छ ।
यस्तै चन्द्रपुर नगरपालिका रौतहटका प्रमुख प्रशासकीय अधिकृत डा श्रवण कुमार साहलाई जनकपुरधाम नगरपालिका,त्यहाँ कार्यरत रहेका मित्रलाल ढकाललाई चन्द्रपुरमा सारिएको छ ।
मन्त्रालयले उद्योग मन्त्रालयबाट सुमन धिताललाई टिकापुर नगरपालिका कैलाली,टिकापुरका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र चौधरीलाई सामान्यको बरण्डामा ल्याएको छ । यस्तै जिसस महोत्तरीबाट मधु कुमारी महतोलाई युवा तथा खेलकुद मन्त्रालय,सामान्यको बरण्डामा रहेका गोविन्द घिमिरेलाई युवा तथा खेलकुद र सूचना प्रविधि निर्देशकद्धय रमेशराज सुवेदी र हरि पोखरेललाई क्रमश लोकसेवा आयोग र अख्तियारमा खटाएको छ ।
यस्तै मन्त्रालयले १८ शाखा अधिकृतको सरुवा गरेको छ । राप अनंिकत तहका पाँच कर्मचारीको सरुवा गरेको छ,मन्त्रालयले ।

बिज्ञापन

saruwa list

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिव र उपसचिव तहको विज्ञापन स्थगन

स्वास्थ्य मन्त्रालय ‘सेटिङ सेन्टर’मा रुपान्तरण:-सचिवदेखि निर्देशकसम्म छानबिन गर्ने अख्तियारमा उजुरी

१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

नायब सुव्वा र खरिदार तहका कर्मचारीहरुको सरुवा

१० शाखा अधिकृतको सरुवा,स्थानीय तहबाट ४ निर्वाचन आयोगमा ल्याइँदा सामान्यबाट एक पुगे स्थानीय तह

सचिवहरुलाई प्रधानमन्त्रीको १४ बुँदे निर्देशन

उपसचिवले खुलाउन सकेनन डेढ करोड सम्पत्तिको वैद्य स्रोत,बुहारीसमेत प्रतिवादी

आफू निकटलाई बढुवा गर्न दरबन्दी थपघट

बिशेष