१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासनले उपसचिव तहका १०,शाखा अधिकृत तहका १८ र राजपत्र अनंकित तहका ५ जना कर्मचारीहरुको सरुवा गरेको छ ।
मन्त्रालयको सोमबारको निर्णय अनुसार खरिदारदेखि उपसचिव तहसम्मका ३३ कर्मचारीको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार,दुल्लु नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर जिसीलाई निर्वाचन आयोग,ठूली भेरी नगरपालिका डोल्पाबाट प्रमुख प्रशासकीय अधिकृत लालबहादुर गुरुङलाई निर्वाचन आयोगमा सरुवा गरेको छ ।
यस्तै चन्द्रपुर नगरपालिका रौतहटका प्रमुख प्रशासकीय अधिकृत डा श्रवण कुमार साहलाई जनकपुरधाम नगरपालिका,त्यहाँ कार्यरत रहेका मित्रलाल ढकाललाई चन्द्रपुरमा सारिएको छ ।
मन्त्रालयले उद्योग मन्त्रालयबाट सुमन धिताललाई टिकापुर नगरपालिका कैलाली,टिकापुरका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र चौधरीलाई सामान्यको बरण्डामा ल्याएको छ । यस्तै जिसस महोत्तरीबाट मधु कुमारी महतोलाई युवा तथा खेलकुद मन्त्रालय,सामान्यको बरण्डामा रहेका गोविन्द घिमिरेलाई युवा तथा खेलकुद र सूचना प्रविधि निर्देशकद्धय रमेशराज सुवेदी र हरि पोखरेललाई क्रमश लोकसेवा आयोग र अख्तियारमा खटाएको छ ।
यस्तै मन्त्रालयले १८ शाखा अधिकृतको सरुवा गरेको छ । राप अनंिकत तहका पाँच कर्मचारीको सरुवा गरेको छ,मन्त्रालयले ।

बिज्ञापन

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष