एक दर्जन राजदूत फिर्ता बोलाउने तयारी,’करिअर डिप्लोम्याट’लाई तत्काल नचलाइने

सरकारले विभिन्न ११ देशका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

बिज्ञापन

केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका १६ जनामध्ये ११ जनालाई फिर्ता बोलाउने बोलाउने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

परराष्ट्रका अनुसार फिर्ता बोलाउन लागिएका राजदूतहरुमा चीनमा कार्यरत कृष्णप्रसाद ओली, जर्मनीबाट शाहिल रुपाखेती, भारतमा कार्यरत डा शंकरप्रसाद शर्मा, इजरायलका लागि धनप्रसाद पन्डित, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरेबियाका लागि डा नरेशविक्रम ढकाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे, अमेरिकाका लागि लोकदर्शन रेग्मी र स्पेनका लागि शनिल नेपाल छन् ।

अष्ट्रेलियाका लागि राजदूतका रुपमा कार्यरत चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, दक्षिण कोरियाका लागि शीवमाया तुम्बाहाङ्फे, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ र श्रीलंकाका लागि पूर्णबहादुर नेपालीलाई भने तत्काल फिर्ता नबोलाइने जनाइएको छ ।

बिज्ञापन

हाल विभिन्न देशमा रहेका ३१ दूतावास र तीन स्थायी नियोग गरी ३४ वटा नियोगहरुमा नेपाली राजदूतहरु रहेका छन् । तीमध्ये १८ स्थानमा करियर डिप्लोम्याट (परराष्ट्र मन्त्रालयका), १६ स्थानमा राजनीतिक नियुक्तिका आधारमा गएका राजदूतहरु छन् ।
यसरी नियुक्त भएकामध्ये राजनीतिक नियुक्ति पाएका १६ मध्ये ११ जनालाई फिर्ता बोलाउने तयारी भएको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री सुशीला कार्की निकट स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरिनेछ। यदि आजको बैठकमा प्रस्ताव पेश भएन भने, आगामी हप्ता औपचारिक निर्णय हुनेछ। फिर्ता बोलाइने राजदूतहरूलाई यसबारे आधिकारिक सूचना पठाइसकिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

सर्वाेच्च अदालतमा तोडियो ब्रेक, चौथौं बरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

दाइको आवेदन,भाइले दिए अध्यक्षबाट राजीनामा

सरकारी बैंकका अध्यक्षहरुले दिए सामुहिक राजीनामा

सचिवविरुद्ध भ्रष्टाचार मुद्धा प्रदेशका प्रमुख सचिव निलम्बित

छायाँदेवी कम्प्लेक्स भत्काउन माग गर्दै माइतीघरमा प्रदर्शन

पोखरा विमानस्थल भ्रष्टाचार: १४ जनाविरुद्ध मुद्दा दायर, बिगो ३ अर्ब ६५ करोड

बिशेष