खरिदारको घुस प्रकरण अदालत प्रवेश

सेवाग्राहीसँग घुस लिएको अभियोगमा मालपोत कार्यालय, धुलिखेल काभ्रेमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार खरिदार भण्डारीले साबिक दोलालघाट गाविस वडा नं ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गा हकवालाको नाममा दर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचना र उजुरी परेको थियो।

बिज्ञापन

सोही उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल काभ्रेमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई नियन्त्रणमा लिएको थियो । गत भदौं १८ दिउँसो २ लाख घुससहित भण्डारीलाई नियन्त्रणमा लिइएकोमा आज विशेष अदालतमा मुद्धा चलाइएको हो ।

भण्डारीले दोलालघाट गाविस ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि घुस लिएका हुन्। उनलाई सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस,रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । भण्डारीविरुद्ध २ लाख रुपैयाँ नै बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना माग गर्दै मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

बिशेष