सेवाग्राहीसँग घुस लिएको अभियोगमा मालपोत कार्यालय, धुलिखेल काभ्रेमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ ।
बिज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार खरिदार भण्डारीले साबिक दोलालघाट गाविस वडा नं ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गा हकवालाको नाममा दर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचना र उजुरी परेको थियो।
बिज्ञापन
सोही उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल काभ्रेमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई नियन्त्रणमा लिएको थियो । गत भदौं १८ दिउँसो २ लाख घुससहित भण्डारीलाई नियन्त्रणमा लिइएकोमा आज विशेष अदालतमा मुद्धा चलाइएको हो ।
भण्डारीले दोलालघाट गाविस ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि घुस लिएका हुन्। उनलाई सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस,रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । भण्डारीविरुद्ध २ लाख रुपैयाँ नै बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना माग गर्दै मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।