विपिन जोशीको न सास,न लाश

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले हमासको हमलापछि इजरायलबाट अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको बताएका छन्।

बिज्ञापन

इजरायली अधिकारीले परिवारजनलाई सम्पर्क गरेर दुई वर्षअघि हमासको कब्जामा रहेका विपिन जोशी जीवित नभएको जानकारी दिएका हुन ।

बिज्ञापन

राजदूत पण्डितका अनुसार आइतबार नेपाली समय अनुसार साँझ करिब साढे ७ बजे इजरायली डिफेन्स फोर्सकी महिला कर्मचारीले दूतावासमा फोन गरेर विपिन जोशी जीवित नरहेको जानकारी गराएकी थिइन्। उक्त सूचना प्राप्त भएपछि दूतावासले तुरुन्तै जोशीका परिवारसँग सम्पर्क गरेको हो ।

विपिन जोशी विद्यार्थी भिसामा इजरायल पुगेका थिए। हमासको आक्रमणका बेला उनी किबुत्ज अलुमिममा रहेका बेला सम्पर्कविहीन भएका थिए। हमास समूहले उनलाई किबुज आलुमिमबाट ०८० असोज २३ मा अपहरण गरेको थियो।

बिज्ञापन

विपिन कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भासीका विपिनजस्तै कृषि पढ्न गएका १० नेपाली विद्यार्थी मारिएका थिए भने केही घाइते भएका थिए । विपिन भने इजरायली र थाई नागरिकसहित बन्धक बनाइएका थिए । त्यो बेला हमासले २ सय ५१ जनालाई बन्धक बनाएको थियो । तीमध्ये अधिकांश विभिन्न समयमा भएका युद्धबिराम सम्झौतापछि छुटेका थिए । पछिल्लो समय हमासको कब्जामा कुल ४८ जना रहेको र तीमध्ये २० जना मात्र जीवित रहेको रिपोर्ट छ । आक्रमणको ७ सय ३८ दिनपछि हमासले २० जीवित बन्धकलाई आज फिर्ता गर्दैछ । इजरायलसँग शान्ति योजनामा सहमति भएपछि हमासले ७ अक्टोबर २०२३ मा बन्धक बनाएकाहरूलाई छोड्न लागेको हो ।

हमास समूहले आज उसको कब्जामा रहेका २० जनालाई इजरायलसमक्ष हस्तान्तरण गर्दै छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

म्यानपावरमा मन्त्रीको पिए आतंक

सरकारी वेबसाइटबाट प्रवक्ता र सूचना अधिकारी वेपत्ता

महिला मन्त्रीबाटै लखेटिए महिला कर्मचारी

प्रधानमन्त्रीले प्रेम राईलाई ‘नत्र राम्रो हुँदैन’ भनेर थर्काएपछि समातिए राहदानी विभागका महानिर्देशक

बिशेष