कर्मचारीहरुले फेरि कासमू भर्नुपर्ने,साता दिनभित्रै सुपरिवेक्षक र पुनरावलोकनकर्ताबाट मूल्यांकन गराउन परिपत्र

कर्मचारीहरूले कार्यसम्पादन मूल्याङ्कन फाराम फेरि भर्नु पर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा भएका आगजनीका कारण कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम पुनः भरी मूल्याङ्कन गर्ने प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिपत्र गरेको छ ।

बिज्ञापन

मन्त्रालयले विभाग,केन्द्र,वोर्ड,अस्पतालहरुलाई परिपत्र गर्दै त्यहाँ कार्यरत कर्मचारीहरुलाई असोज २२ देखि असोज २८ भित्र आ आफ्नो कार्यसम्पादन मुल्यांकन पुन भरी दर्ता गरेर सात दिनभित्र सुपरीवेक्षक र पुनरावलोकनकर्ताबाट मूल्याकन गराइ उपलव्ध गराउन भनिएको छ ।

बिज्ञापन

जेनजी आन्दोलनका क्रममा भएका आगजनीका कारण मन्त्रालयसँगै कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम समेत खरानी भएका कारण साता दिनभित्रै कासमू भरेर मूल्याङ्कन गर्ने प्रक्रिया अघि बढाउन मन्त्रालयले परिपत्र गरेको हो ।

मन्त्रालय नै आगजनी भई कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम नष्ट भएको पाइएकोले निजामती सेवा ऐन र स्वास्थ्य सेवा नियमावलीमा भएको प्रावधान बमोजिम पुनः कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने र मूल्याङ्कन गर्ने सम्बन्धमा मन्त्रालयले आवश्यक प्रकृया अगाडि बढाएको हो ।

बिज्ञापन

स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयबाट गरिएको परिपत्रमा भनिएको छ,नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति निर्णय बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्राअनुसार यस मन्त्रालय र मातहतका निकायका निजामती सेवा र स्वास्थ्य सेवाकर्मीहरुले मिति २०८२ असोज २२ गतेदेखि २८ गते भित्र आर्थिक बर्ष २०८१ ८२ को कार्यसम्पादन मूल्यायकन फाराम भरी दर्ता गराई त्यसको ७ दिनभित्र सुपरिवेक्षक र पुनरावलोकनकर्ताथ मूल्याङ्कन गराई निजामती निजामती सेवा नियमावली २०५० को अनुसूची १५ र स्वास्थ्य सेवा तर्फ १७ (क) बमोजिमको ढाँचामा अधिकृत दशौं तहसम्मको एक तह माथिको सुपरिवेक्षक र सुरपरिवेक्षक भन्दा एक तहमाथिको पुनरावलोकनकर्ताबाट मूल्याङ्कन गराई तथा कार्यालय प्रमुख र एघारौं तहको हकमा मन्त्रालयमा मूल्याङ्कनको लागि उपलब्ध गराईदिनुहुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष