कर्मचारीहरुले फेरि कासमू भर्नुपर्ने,साता दिनभित्रै सुपरिवेक्षक र पुनरावलोकनकर्ताबाट मूल्यांकन गराउन परिपत्र

कर्मचारीहरूले कार्यसम्पादन मूल्याङ्कन फाराम फेरि भर्नु पर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा भएका आगजनीका कारण कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम पुनः भरी मूल्याङ्कन गर्ने प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिपत्र गरेको छ ।

बिज्ञापन

मन्त्रालयले विभाग,केन्द्र,वोर्ड,अस्पतालहरुलाई परिपत्र गर्दै त्यहाँ कार्यरत कर्मचारीहरुलाई असोज २२ देखि असोज २८ भित्र आ आफ्नो कार्यसम्पादन मुल्यांकन पुन भरी दर्ता गरेर सात दिनभित्र सुपरीवेक्षक र पुनरावलोकनकर्ताबाट मूल्याकन गराइ उपलव्ध गराउन भनिएको छ ।

बिज्ञापन

जेनजी आन्दोलनका क्रममा भएका आगजनीका कारण मन्त्रालयसँगै कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम समेत खरानी भएका कारण साता दिनभित्रै कासमू भरेर मूल्याङ्कन गर्ने प्रक्रिया अघि बढाउन मन्त्रालयले परिपत्र गरेको हो ।

मन्त्रालय नै आगजनी भई कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम नष्ट भएको पाइएकोले निजामती सेवा ऐन र स्वास्थ्य सेवा नियमावलीमा भएको प्रावधान बमोजिम पुनः कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने र मूल्याङ्कन गर्ने सम्बन्धमा मन्त्रालयले आवश्यक प्रकृया अगाडि बढाएको हो ।

बिज्ञापन

स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयबाट गरिएको परिपत्रमा भनिएको छ,नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति निर्णय बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्राअनुसार यस मन्त्रालय र मातहतका निकायका निजामती सेवा र स्वास्थ्य सेवाकर्मीहरुले मिति २०८२ असोज २२ गतेदेखि २८ गते भित्र आर्थिक बर्ष २०८१ ८२ को कार्यसम्पादन मूल्यायकन फाराम भरी दर्ता गराई त्यसको ७ दिनभित्र सुपरिवेक्षक र पुनरावलोकनकर्ताथ मूल्याङ्कन गराई निजामती निजामती सेवा नियमावली २०५० को अनुसूची १५ र स्वास्थ्य सेवा तर्फ १७ (क) बमोजिमको ढाँचामा अधिकृत दशौं तहसम्मको एक तह माथिको सुपरिवेक्षक र सुरपरिवेक्षक भन्दा एक तहमाथिको पुनरावलोकनकर्ताबाट मूल्याङ्कन गराई तथा कार्यालय प्रमुख र एघारौं तहको हकमा मन्त्रालयमा मूल्याङ्कनको लागि उपलब्ध गराईदिनुहुन अनुरोध गरिएको छ ।

CamScanner 07-10-2025 12.27_i2utga8

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सशस्त्रकी इन्स्पेक्टर डा. सिटौलालाई सेवाबाट हटाइँदै

कर्मचारीहरुले फेरि कासमू भर्नुपर्ने,साता दिनभित्रै सुपरिवेक्षक र पुनरावलोकनकर्ताबाट मूल्यांकन गराउन परिपत्र

यी हुन् एउटै अड्डामा राज गर्ने निकुञ्जका `डन´ कर्मचारीहरू

निजामती प्रशासनको सुधार :धेरै खरानी नधसौं,आफ्नो टाउकोमा आफै आगो झोसौं

बर्दिया डिस्टिलरीको ४० करोड मुद्दा कता हरायो? विभाग मौन, अपराधी निर्भीक

सबै जग्गा धनीले नयाँ श्रेष्ता बनाउनुपर्ने,मालपोतले माग्यो यी १० प्रमाण

अनियमित भुक्तानीको दबाब नटेकेपछि लेखा अधिकृतमाथि कालोमोसो हमला

७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई रमाना दिन संघीय मामिला मन्त्रालयको निर्देशन

बिशेष