कुलमानलाई कासमूमा शून्य अंक दिने हाकिम हटाइयो,विभागले पायो पहिलो महिला डिजी

विद्युत विकास विभागले पहिलो महिला महानिर्देशक पाएको छ । विभागको महानिर्देशकमा मनदेवी श्रेष्ठ नियुक्त भएकी छन् । उनी विभागको इतिहासको पहिलो महिला महानिर्देशक हुन ।

बिज्ञापन

यसअघिका उर्जामन्त्री दीपक खड्काले विभागको महानिर्देशक जीवछ मण्डललाई खटाएका थिए । मण्डल ओली क्याबिनेटका उर्जामन्त्री दिपक खड्काको योजनाअनुसार कार्यसम्पादन मूल्यांकनमा प्रतिशोध साधेर शून्य नम्बर दिने सहसचिव हुन । गत चैत्रमा कुलमानलाई कासमूमा शून्य अंक दिएर गत चैत्रमा पदबाट बर्खास्त गरिएको थियो । विकसित पछिल्लो घटनाक्रमपछि उनी उर्जा,शहरी र भौतिक मन्त्रीको जिम्मेवारीसहित सिंहदरबार पुगेका छन् । हिजो कुलमानको कार्यसम्पादन मूल्यांकनका लागि मन्त्री खड्काले सहसचिव जीवछ मण्डलको संयोजकत्वमा कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिव जङ्गबहादुर डाँगी,प्रशासन महाशाखाका सहसचिव शम्भुप्रसाद मरासिनी र मन्त्रालयकै वरिष्ठ डिभिजनल इन्जिनियर राजु महर्जनलाई राखेर टिम बनाएका थिए ।

बिज्ञापन

शम्भु अहिले पनि कप्रमै छन् भने न्यायाधीश बन्न नसकेका डाँगी मन्त्रालयकै कानुन शाखामा छन् । दीपक खड्का हट्नु केही दिन अघिमात्र जीवछलाई विद्युत विकास विभागको महानिर्देशक बनाइएकोमा उनलाई हटाइएको छ र
मन्त्रीस्तरको निर्णयबाट मण्डललाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरेर मनदेवीलाई विभागको महानिर्देशक बनाइएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ ।

यसअघि मनदेवी विभागमै उपमहानिर्देशक पदमा कार्यरत थिइन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

बिशेष