उपसचिवले कामै नगरेको इमेल मन्त्रीकहाँ पुगेको ६ घण्टामै हटाइए तारकेश्वरको प्रमुख प्रशासकीय अधिकृत

संघीय मामिला तथा सामानइ प्रशासन मन्त्रालयले दुई उपसचिवको सरुवा गरेको छ ।

बिज्ञापन

अर्थसहित संघीय मामिला तथा समान्य प्रशासन मन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका रामेश्वर खनालको इमेलमा प्राप्त भएको जन गुनासोको आधारमा राजधानीकै एक पालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर गरिएको हो ।

बिज्ञापन

राजधानीको तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतले काम नगरेर दुःख दिएको गुनासोपछि तत्कालै उनको सरुवा गरिएको छ ।

सोमबारमात्र मन्त्री खनालले कर्मचारीले गर्नु पर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको वा अनुचित कार्यकाको लागि दबाब दिएको र घुस तथा रिसवत मागेमा सीधै अर्थमन्त्रीलाई इमेल गर्न मिल्ने व्यवस्था गरेकामा मंगलबारदेखि गुनासो प्राप्त हुन थालेको हो ।

बिज्ञापन

अर्थमन्त्री निकट स्रोतका अनुसार,उनलाई पछिल्लो २४ घण्टामै मन्त्री खनालकहाँ १ सय ७५ भन्दा बढी इमेल प्राप्त भएका छन्,जसमा अधिकांश स्थानीय तहसँग सम्बन्धित छन् । दुई सयभन्दा इमेल गरिएको थियो । सोहीमध्ये एक थियो ताकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्यले जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको,पालिकामा कहिल्यै नभेटिएको । सोही गुनासो पछि उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै अतिरिक्त समूहमा तानेर जिसस डडेल्धुरामा कार्यरत रहेका उपसचिव धर्मराज लम्साललाई खटाइएको छ ।

मन्त्रीलाई गरिएका इमेलहरुमा  कर्मचारीहरुले समयमा तलब नपाएको,कमिसन नबुझाइ काम नभएको,समयमा भुक्तानी नपाएको,पेन्सन नपाएको लगायतका गुनासो तथा उजुरी मन्त्री खनाल समक्ष गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

बिशेष