उपसचिवले कामै नगरेको इमेल मन्त्रीकहाँ पुगेको ६ घण्टामै हटाइए तारकेश्वरको प्रमुख प्रशासकीय अधिकृत

संघीय मामिला तथा सामानइ प्रशासन मन्त्रालयले दुई उपसचिवको सरुवा गरेको छ ।

बिज्ञापन

अर्थसहित संघीय मामिला तथा समान्य प्रशासन मन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका रामेश्वर खनालको इमेलमा प्राप्त भएको जन गुनासोको आधारमा राजधानीकै एक पालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर गरिएको हो ।

बिज्ञापन

राजधानीको तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतले काम नगरेर दुःख दिएको गुनासोपछि तत्कालै उनको सरुवा गरिएको छ ।

सोमबारमात्र मन्त्री खनालले कर्मचारीले गर्नु पर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको वा अनुचित कार्यकाको लागि दबाब दिएको र घुस तथा रिसवत मागेमा सीधै अर्थमन्त्रीलाई इमेल गर्न मिल्ने व्यवस्था गरेकामा मंगलबारदेखि गुनासो प्राप्त हुन थालेको हो ।

बिज्ञापन

अर्थमन्त्री निकट स्रोतका अनुसार,उनलाई पछिल्लो २४ घण्टामै मन्त्री खनालकहाँ १ सय ७५ भन्दा बढी इमेल प्राप्त भएका छन्,जसमा अधिकांश स्थानीय तहसँग सम्बन्धित छन् । दुई सयभन्दा इमेल गरिएको थियो । सोहीमध्ये एक थियो ताकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्यले जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको,पालिकामा कहिल्यै नभेटिएको । सोही गुनासो पछि उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै अतिरिक्त समूहमा तानेर जिसस डडेल्धुरामा कार्यरत रहेका उपसचिव धर्मराज लम्साललाई खटाइएको छ ।

मन्त्रीलाई गरिएका इमेलहरुमा  कर्मचारीहरुले समयमा तलब नपाएको,कमिसन नबुझाइ काम नभएको,समयमा भुक्तानी नपाएको,पेन्सन नपाएको लगायतका गुनासो तथा उजुरी मन्त्री खनाल समक्ष गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काप्री र चटौत सचिवमा बढुवा

अर्थ मन्त्रालयमा राजश्व सचिवको दरबन्दी कटौती भएको हो ?

जनताको फाइल खरानी, डीजी रेग्मीको ध्यान भने कमिसनको धन्दामै

सात बर्ष पछि पूरानै मन्त्रालयमा फर्काइयो तीन विभाग

अष्टमी,नवमी र दशमीमा उत्तरगया गाउँबासीलाई पालिकाको निशुल्क बस सेवा

‘१५ प्रतिशत खराबको छायाँमा ८५ प्रतिशत इमान्दार कर्मचारी’

कर्मचारीको सेवा सुविधा कटौती गर्ने सचिवको सरुवा,अध्यक्षको गाडीको चाबी खोसियो

ओली सरकारले नियुक्ति गरेका ३१६ कार्यकर्ताको जागिर गयो,मासिक ६ करोड बचत

बिशेष