सरकारी प्रतिवेदन भन्छ : अधिकृतस्तरका कर्मचारी बढी घुस्याहा

एउटा सरकारी प्रतिवेदनले अधिकृत स्तरका कर्मचारी सबैभन्दा भ्रष्ट रहेको निष्कर्ष निकालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो प्रतिवेदनका आधारमा अधिकृत तहका कर्मचारी सबैभन्दा भ्रष्ट रहेको प्रतिवेदमा औल्याइएको छ । अख्तियारले बर्षभरीमा ३९२ कर्मचारी उपर मुद्धा चलाउँदा अधिकृतस्तरका १७२ कर्मचारी फन्दामा परेका छन् ।

बिज्ञापन

आयोगको पछिल्लो प्रतिवेदन अनुसार अधिकृत तहका कर्मचारी सबैभन्दा भ्रष्ट र घुस्याहा रहेको भेटिएको छ । कार्यालयको ढोका र भर्याङमै ‘म भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्न’ लेखेर टाँस्ने, व्यवहारमा चाहिँ मिलेसम्म र भ्याएसम्म लामो हात गर्ने,कर्मचारीको प्रवृत्तिलाई अख्तियारले उदांगो पारेको छ । अख्तियारमा दर्ज भएका उजुरी र अख्तियारले विशेष अदालतमा पुर्याएका मुद्धा खोतल्दा घुस खोज्ने प्रवृत्ति झन् मौलाएको देखिन्छ ।

बिज्ञापन

गत आवमा भ्रष्टाचार प्रकरणमा एक जना सचिव,सहसचिव २४,उपसचिव २४ र शाखा अधिकृत १७२ जना रहेका छन् भने सहायकस्तरका १४१ जना रहेको अख्तियारले जनाएको छ । अख्तियारले बर्षभरीमा ३९२ जना कर्मचारी उपर मुद्धा चलाएकोमा सबैभन्दा बढी भ्रष्ट अधिकृत तहका कर्मचारी रहेको फेला परेको हो ।

अख्तियारका अनुसार गत एक वर्षको अवधिमा अख्तियारले सबैभन्दा बढी स्थानीय तहमा भएको अनियमितता सम्बन्धमा मुद्दा दायर गरेको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्षभर्षभरीमा भ्रष्टाचारजन्य कसुरमा १३५ वटा र सम्पत्ति शुद्धीकरण कसुरमा २ वटा गरी जम्मा १३७ वटा मुद्दा विशेष अदालतमा पु¥याएको जनाएको छ । जसमध्ये भ्रष्टाचारजन्य कसुरमा दायर भएका मुद्दामध्ये सबैभन्दा बढी अर्थात् ३७ वटा मुद्दा घुस रिसवतसम्बन्धी रहेका छन् । त्यसपछि क्रमशः गैरकानुनी लाभ हानिसम्बन्धी ३५ वटा, झुटा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसम्बन्धी २४ वटा, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ८ वटा, र विविध विषयका ४ वटा मुद्दा रहेका छन् ।

उल्लिखित मुद्दाहरूमा ९४ जना महिला, ६१९ जना पुरुष र ४० संस्था गरी कुल ७५३ प्रतिवादीविरुद्ध कैद सजाय र जरिवानाका अतिरिक्त जम्मा ६ अर्ब १ करोड ८४ लाख ७२ हजार ६ सय ९२ रुपियाँ ९३ पैसा बिगो मागदाबी लिइएको छ । अर्थात ९४ जना महिला र ६१९ पुरुषसँग राज्यको झण्डै ६ अर्ब अकुत सम्पत्ति कुम्लाएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार ६१९ जना पुरुषहरुले घुस खाँदा ९४ जना महिलाहरु फन्दामा परेका छन् । घुस खानेमा ६ महिला र ७१ पुरुष राष्ट्रसेवक छन् । उनीहरुविरुद्ध ४ करोड ९२ लाख ७६ हजार ८ सय बराबरको मुद्धा चलेको छ भने गैरकानुनी लाभ हानीका २८८ मुद्धामा २७ महिला प्रतिवादी बनाइएको छ उनीहरु उपर ८२ करोड ५५ लाख ५७ हजार ४४ मागदावी लिइएको छ ।

अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनमा २० प्रतिवादीमध्ये ९ जना महिला प्रतिवादी छन् । उनीहरुसँग अख्तियारले १४ करोड ९७ लाख मागदावी लिएको छ । अख्तियारले बर्षभरमा ७५३ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाउँदा राष्ट्रसेवक कर्मचारीहरुमात्र ३९२ जना रहेका छन् ।

जसमध्ये सचिव १,सहसचिव २४,उपसचिव २४ र शाखा अधिकृत १७२ जना रहेका छन् भने सहायकस्तरका १४१ जना रहेको अख्तियारले जनाएको छ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धुलिखेलमा पहिरोपीडितको घरबाट सामान सुरक्षित स्थानमा सारियो

काठमाडौंका प्रमुख राजमार्गहरू एकतर्फी सञ्चालनमा

बिपी राजमार्ग सुचारु हुन ढिलाइ, वैकल्पिक सडक पनि जोखिममा

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

बिशेष