सरकारी प्रतिवेदन भन्छ : अधिकृतस्तरका कर्मचारी बढी घुस्याहा

एउटा सरकारी प्रतिवेदनले अधिकृत स्तरका कर्मचारी सबैभन्दा भ्रष्ट रहेको निष्कर्ष निकालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो प्रतिवेदनका आधारमा अधिकृत तहका कर्मचारी सबैभन्दा भ्रष्ट रहेको प्रतिवेदमा औल्याइएको छ । अख्तियारले बर्षभरीमा ३९२ कर्मचारी उपर मुद्धा चलाउँदा अधिकृतस्तरका १७२ कर्मचारी फन्दामा परेका छन् ।

बिज्ञापन

आयोगको पछिल्लो प्रतिवेदन अनुसार अधिकृत तहका कर्मचारी सबैभन्दा भ्रष्ट र घुस्याहा रहेको भेटिएको छ । कार्यालयको ढोका र भर्याङमै ‘म भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्न’ लेखेर टाँस्ने, व्यवहारमा चाहिँ मिलेसम्म र भ्याएसम्म लामो हात गर्ने,कर्मचारीको प्रवृत्तिलाई अख्तियारले उदांगो पारेको छ । अख्तियारमा दर्ज भएका उजुरी र अख्तियारले विशेष अदालतमा पुर्याएका मुद्धा खोतल्दा घुस खोज्ने प्रवृत्ति झन् मौलाएको देखिन्छ ।

बिज्ञापन

गत आवमा भ्रष्टाचार प्रकरणमा एक जना सचिव,सहसचिव २४,उपसचिव २४ र शाखा अधिकृत १७२ जना रहेका छन् भने सहायकस्तरका १४१ जना रहेको अख्तियारले जनाएको छ । अख्तियारले बर्षभरीमा ३९२ जना कर्मचारी उपर मुद्धा चलाएकोमा सबैभन्दा बढी भ्रष्ट अधिकृत तहका कर्मचारी रहेको फेला परेको हो ।

अख्तियारका अनुसार गत एक वर्षको अवधिमा अख्तियारले सबैभन्दा बढी स्थानीय तहमा भएको अनियमितता सम्बन्धमा मुद्दा दायर गरेको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्षभर्षभरीमा भ्रष्टाचारजन्य कसुरमा १३५ वटा र सम्पत्ति शुद्धीकरण कसुरमा २ वटा गरी जम्मा १३७ वटा मुद्दा विशेष अदालतमा पु¥याएको जनाएको छ । जसमध्ये भ्रष्टाचारजन्य कसुरमा दायर भएका मुद्दामध्ये सबैभन्दा बढी अर्थात् ३७ वटा मुद्दा घुस रिसवतसम्बन्धी रहेका छन् । त्यसपछि क्रमशः गैरकानुनी लाभ हानिसम्बन्धी ३५ वटा, झुटा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसम्बन्धी २४ वटा, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ८ वटा, र विविध विषयका ४ वटा मुद्दा रहेका छन् ।

उल्लिखित मुद्दाहरूमा ९४ जना महिला, ६१९ जना पुरुष र ४० संस्था गरी कुल ७५३ प्रतिवादीविरुद्ध कैद सजाय र जरिवानाका अतिरिक्त जम्मा ६ अर्ब १ करोड ८४ लाख ७२ हजार ६ सय ९२ रुपियाँ ९३ पैसा बिगो मागदाबी लिइएको छ । अर्थात ९४ जना महिला र ६१९ पुरुषसँग राज्यको झण्डै ६ अर्ब अकुत सम्पत्ति कुम्लाएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार ६१९ जना पुरुषहरुले घुस खाँदा ९४ जना महिलाहरु फन्दामा परेका छन् । घुस खानेमा ६ महिला र ७१ पुरुष राष्ट्रसेवक छन् । उनीहरुविरुद्ध ४ करोड ९२ लाख ७६ हजार ८ सय बराबरको मुद्धा चलेको छ भने गैरकानुनी लाभ हानीका २८८ मुद्धामा २७ महिला प्रतिवादी बनाइएको छ उनीहरु उपर ८२ करोड ५५ लाख ५७ हजार ४४ मागदावी लिइएको छ ।

अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनमा २० प्रतिवादीमध्ये ९ जना महिला प्रतिवादी छन् । उनीहरुसँग अख्तियारले १४ करोड ९७ लाख मागदावी लिएको छ । अख्तियारले बर्षभरमा ७५३ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाउँदा राष्ट्रसेवक कर्मचारीहरुमात्र ३९२ जना रहेका छन् ।

जसमध्ये सचिव १,सहसचिव २४,उपसचिव २४ र शाखा अधिकृत १७२ जना रहेका छन् भने सहायकस्तरका १४१ जना रहेको अख्तियारले जनाएको छ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष